महाकालीमा नदीमा व्यावसायिक जलयात्रा सुरु

काठमाडौँ । महाकाली नदीमा व्यावसायिकरुपमा जलयात्रा (र्याफ्टिङ) सुरु गरिएको छ । नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीमा विश्व पानी दिवसका अवसरमा शुक्रबारदेखि र्याफ्टिङ सञ्चालन गरिएको हो ।
भीमदत्त नगरपालिका, परशुराम नगरपालिका र नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) को संयुक्त आयोजनामा र्याफ्टिङ गरिएको हो । उक्त कार्यक्रममा अक्सफाम, निड्स, रुडुक नेपाललगायत गैरसरकारी संस्थाको सहकार्य रहेको छ । परशुरामदेखि कञ्चनपुरको खल्ला मसेट्टीसम्मको लगभग तीन घण्टाको जलयात्रामा परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीलगायतको टोली सहभागी थियो ।
त्यस्तै कञ्चनपुरको खल्ला मसेट्टीमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, भीमदत्तका नगरप्रमुख पदम बोगटीलगायत नाराका अध्यक्ष शिव अधिकारी, पर्यटन व्यवसायीलगायत करिब तीन सय जनाले ¥याफ्टिङ गरेका थिए ।
उक्त कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री शाहले महाकाली र्याफ्टिङलाई दिगो बनाउन लागिपर्ने उल्लेख गर्दै यसले सुदूरपश्चिमको पर्यटन विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार तथा यस क्षेत्रमा राष्ट्रिय र अन्तरराष्ट्रिय लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार लागिपर्ने बताए ।
नाराका अध्यक्ष अधिकारीले ¥याफ्टिङ सञ्चालन भएसँगै स्थानीयलाई तालिम दिई रोजगार सृजना गर्न सहयोग गर्ने बताए । उनले भने, “महाकालीमा विगतमा जल यात्रा सुरु भए पनि चलेको थिएन । अब यहाँ व्यावसायिक रुपमा जलयात्रालाई निरन्तरता दिन्छौँ ।” अध्यक्ष अधिकारीले महाकालीमा सञ्चालित जलयात्राले पर्यटन विकासका साथै दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
















आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया