अविरल जनसाहित्य यात्रामा पौडेलका कविता

काठमाडौँ । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको ‘अविरल जनसाहित्य यात्रा–८८’ मा शनिबार प्रगतिवादी कवि भवानी पौडेलका कविता प्रस्तुत गरिएको छ ।
कार्यक्रममा कवि पौडेलले ‘देश बनाउन आऊ’, ‘धर्ती बनाऊ सौरभ’, ‘फिडेल क्यास्ट्रोको सम्झनामा’ ‘सिर्जनाको मूल’, ‘हाम्रो घर’ र ‘आमा’ तथा सहयोगी कविहरू शारदा केसी क्षेत्रीले पौडेलका ‘त्यो युद्ध’, रूपक अलङ्कारले ‘चैतन्य फेरौँ अब’, सुभानी उपाध्यायले ‘साझा मान्छे’, डम्बर पहाडीले ‘मोटे सार्की’ र हरिशचन्द्र गौतमले ‘अब जाग्नुपर्छ’ शीर्षकका पौडेलका कविता वाचन गरेका थिए ।
प्रस्तुत कवितामा टिप्पणी गर्दै समीक्षक डा गोविन्दप्रसाद आचार्यले सामाजिक रूपान्तरणका पक्षमा साधना गर्ने स्रष्टाका कवितामा आशावाद र सामाजिक यथार्थ आउनैपर्ने बताए । “कवितामा मानवीय पीडा अभिव्यक्त भएको छ, सामाजिक विभेदको जीवन्त चित्र पनि खिचिएको पाइन्छ । समाजमा भ्रम छर्नेका विरुद्ध हाम्रा सिर्जनाले चेतना सम्प्रेषण गर्नु आवश्यक छ”, उनले भने ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले राजनीतिले मूर्तरूप लिएपछि सामाजिक रूपान्तरण गर्न राजनीति र संस्कृतिको मेल आवश्यक भएकाले समाजलाई जोड्न संस्कृतिकर्मीको महत्त्वपूर्ण भूमिका हुने बताए ।
सङ्घका अध्यक्ष राम विनयले स्रष्टाले अराजकतावादको विरोधसहित स्पष्ट विचारका साथ सामाजिक रूपान्तरणका पक्षमा सन्देश सम्प्रेषण गर्नुपर्ने बताए ।
अविरल शृङ्खलाका संयोजक डा हरिप्रसाद सिलवालले विसं २०३४ फागुन १२ गते कपिलवस्तुमा जन्मिएकी पौडेलका ‘समयको सारङ्गी’ कविता सङ्ग्रह प्रकाशित छ भने पछिल्ला दिनमा उनी आख्यान लेखनमा पनि सक्रिय रहेको जानकारी दिए।
















काठमाडौँमा बढ्दै वायु प्रदूषण,
Bangladesh’s newly elected MPs take oath
Forest fire prevention campaigns initiated in Bhojpur
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्रतिक्रिया