रुपन्देहीबाट लागूऔषधसहित ३ जना पक्राउ

भैरहवा। रुपन्देही प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ रामनगर स्थितमा लागूऔषध खैरो हिरोइनको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट संयुक्त प्रहरी टोलीले लागूऔषध सहित पक्राउ गरेको हो।
टोलीले निगरानी गर्दै चेकजाँच गरी ब्राउनसुगर खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ सहित रोहिणी गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष १९ को अनरजित यादव, वर्ष १९ कै आशिष धोवी र सिद्धार्थनगरपालिका वडा नम्बर १ वस्ने वर्ष २९ को सहदेव हरिजन लाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट लागु औषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ तौल गर्दा ७५ ग्राम ४१० मिलिग्राम, लु ४ ८ प ८८७ नम्वरको मोटरसाईकल र ३ थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी मनोहर प्रसाद भट्टले जानकारी दिए।
आइतबार उनीहरूलाई रुपन्देही जिल्ला अदालत रुपन्देहीमा पेश गरी ७ म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको उनले बताए। लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कासूरको मात्रा हेरी १० बर्ष देखी १५ वर्षसम्म कैद र ७५ हजार देखी २ लाखसम्म जरीवाना हुने कानुनी व्यवस्था छ।













ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
PM extends greetings of Tamu Lhosar, Maipru Naku
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया