धातिवाङ वडा कार्यालयलाई निःशुल्क तीन रोपनी जग्गा दान
मेरोन्यूज
२०८० चैत ११ गते २०:५२

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–६ धातिवाङ वडा कार्यालयलाई एक परिवारले तीन रोपनी जग्गा दान गरेका छन् ।
धातिवाङ उलेर्नी निवासी स्व पूर्णकला पौडेलको सम्झनामा समाजसेवी भोजराज पौडेल र उनका छोराहरु न्यायाधीश धनिश्वर पौडेल, रामप्रसाद पौडेल र वेदराज पौडेलले तीन रोपनी जग्गा दान गरेका हुन् ।
धातिवाङकै इतिहासमा वडा कार्यालयका लागि पहिलोपटक जग्गा दान भएको वडाअध्यक्ष कृष्ण पौडेलको भनाइ छ । सो जग्गा किन्नु परेको भए धेरै मूल्य पर्ने बताउँदै उनले स्व आमाको बैकुण्ठबासको कामना गरे । पौडेलको २०८० फागुन १० गते काठमाडौँमा निधन भएको हो । उनको परिवार सामाजिक क्षेत्रमा क्रियाशिल परिवार हो ।
सम्बन्धित
















दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
राष्ट्रिय सभा निर्वाचनमा कसकाे कति मत ?
अभिषेक चम्किँदा भारतकाे न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया