धातिवाङ वडा कार्यालयलाई निःशुल्क तीन रोपनी जग्गा दान
मेरोन्यूज
२०८० चैत ११ गते २०:५२

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–६ धातिवाङ वडा कार्यालयलाई एक परिवारले तीन रोपनी जग्गा दान गरेका छन् ।
धातिवाङ उलेर्नी निवासी स्व पूर्णकला पौडेलको सम्झनामा समाजसेवी भोजराज पौडेल र उनका छोराहरु न्यायाधीश धनिश्वर पौडेल, रामप्रसाद पौडेल र वेदराज पौडेलले तीन रोपनी जग्गा दान गरेका हुन् ।
धातिवाङकै इतिहासमा वडा कार्यालयका लागि पहिलोपटक जग्गा दान भएको वडाअध्यक्ष कृष्ण पौडेलको भनाइ छ । सो जग्गा किन्नु परेको भए धेरै मूल्य पर्ने बताउँदै उनले स्व आमाको बैकुण्ठबासको कामना गरे । पौडेलको २०८० फागुन १० गते काठमाडौँमा निधन भएको हो । उनको परिवार सामाजिक क्षेत्रमा क्रियाशिल परिवार हो ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया