आइतबार, माघ ११, २०८२

सुनकोशीमा बेपत्ता बालबालिका खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

मेरोन्यूज २०८० चैत १२ गते ८:३१

काठमाडौं। आइतबार होली खेल्ने क्रममा सुनकोशी नदिमा बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ ।

आइतबार होली खेल्दै उदयपुर त्रियुगा नगरपालिका-१४ ढाप्लाङ स्थित सुनकोशी नदिमा पौडी खेल्न पुगेका ३ जना बालबालिका बेपत्ता भएका थिए ।

सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार साझ अवेरसम्म सशस्त्र प्रहरी बल नं. ५ त्रियुगा गण उदयपुरबाट खोजतलास गरे पनि उनिहरुलाई फेला पार्न नसके पछि आज बिहान कोशी प्रदेश स्थित नं. १ बराह बाहिनी मुख्यालय सुनसरि बाट गोताखोर परिचालन गरिएको हो ।

सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा ९ जना गोताखोर सहितको फौज परिचालन गरि खोजी कार्य सुरु गरिएको डिएसपी थापाले जानकारी दिए ।

प्रतिक्रिया