२०.७१ अर्बको आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब ७१ करोड २५ लाख रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ। जसअन्तर्गत केन्द्रीय बैंकले ट्रेजरी बिलमार्फत १५ अर्ब ७१ करोड २५ लाख रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्नेछ भने ५ अर्ब रुपैयाँ थप उठाउने भएको छ।
राष्ट्र बैंकले २८ दिने ५ अर्ब रुपैयाँको, ९१ दिने १० अर्ब ११ करोड २५ लाख रुपैयाँ, १८२ दिने ६० करोड रुपैयाँको र ३६४ दिने ५ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी क्रमशः २०८१ वैशाख ११ गते, २०८१ असार १२ गते, २०८१ असोज ८ गते र २०८१ चैत ११ गते परिपक्व हुनेछन्।
यी ट्रेजरी बिल भोलि चैत १३ गते जारी हुनेछ। यसको बोलकबोल आज चैत १२ गते दिउँसो ३ बजे हुनेछ।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया