सोमबार, वैशाख १४, २०८३

कर्णाली पुलबाट हाम फालेका १७ मध्ये एक जना बेपत्ता

मेरोन्यूज २०८० चैत १३ गते ७:४९

सुर्खेत । कर्णाली नदीमा पौडी खेल्न हाम फालेका १७ जना मध्ये एक जना बेपत्ता भएका छन्।

Advertisement
NiccNicc

होलीको अवसरमा सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीमाथि रमाइलो गर्दै पौडी खेल्न हाम फालेका १७ जनामध्ये एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

बेपत्ता हुनेमा लम्किचुहा नगरपालिका-३ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही रहेको प्रहरीले जानकारी दिएको छ ।

पुलबाट नदीमा हाम फालेका उनी बेपत्ता भएपछि अहिले उनको खोजी जारी रहेको छ ।
 

प्रतिक्रिया