चट्याङ लागेर चितवनमा एकै घरका तीन जना घाइते
मेरोन्यूज
२०८० चैत १३ गते १५:५६

मुग्लिन (चितवन) । चितवनमा चट्याङ लागेर तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमबार राति ११ बजेको समयमा चट्याङ परेको हो ।
चट्याङबाट सोमबहादुर चेपाङका श्रीमती ५० वर्षीय सानुमाया चेपाङ, १० वर्षीय छोरी मनिषा र १२ वर्षीय छोरा रामबहादुर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
सानुमाया तथा मनिषा सामान्य घाइते भएका र उनीहरुको हात्तीवाङ काउले स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रवक्ता भण्डारीले बताए । छोरा रामबहादुरको भने हातखुट्टा, पेट र अनुहार डढेको तथा उनको आधारभूत अस्पताल कुरिनटारमा उपचार भइरहेको उनले बताए।
चट्याङबाट एककोठे कच्ची घर पनि जलेर नष्ट भएको उनले बताए ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया