जर्जिया, युक्रेन र पोल्याण्ड युरोकपमा छनौट

काठमाडौँ । जर्जिया, युक्रेन र पोल्याण्ड युरो कप २०२४ मा छनौट भएका छन् ।
गएराती सम्पन्न युरो कप छनौटका प्लेअफ खेलमा जित हसिल गर्दै जर्जिया, युक्रेन र पोल्याण्डले युरो कपमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।
युक्रेनले आइसल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको थिए । त्यस्तै पोल्याण्डले वेल्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै जित हासिल गरेको थियो । त्यस्तै जर्जियाले ग्रीसलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै युरोकपमा पुगेको थियो ।
योसँगै ग्रीस, वेल्स र आइसल्याण्ड युरो कपमा छानिन असफल भएका छन् ।
यसका साथै युरोकप खेल्ने २४ देशको टुंगो लागेको छ । पोल्याण्ड समुह डी मा नेदरल्याण्डस, अस्ट्रिया र फ्रान्ससँग रहेने छ भने युक्रेन समुह इ मा बेल्जियम, स्लोभाकिया, रोमानियासँग रहने छ । त्यस्तै युरोकपको समुह ए मा आयोजक जर्मनी, स्कटल्याण्ड, हंगेरी, स्वीजरल्याण्ड रहेका छन् भने समुह बी मा स्पेन, क्रोसिया, इटाली र अल्बानिया रहेका छन् । त्यसैगरी समुह सी मा स्लोभेनिया, डेनमार्क, सर्बिया र इङल्याण्ड रहेका छन् भने समुह एफमा तार्कि, जर्जिया, पोर्चुगल र चेक रिपब्लिक रहेका छन् ।
युरो कप आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुदै छ ।
















चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन
जेठ १० गते यार्सागुम्बा संकलन गर्न पाइने
दराजले ल्यायाे ५.५ बिग समर सेल
डब्ल्यूएचओद्वारा दोस्रो ‘हान्टाभाइरस’ सङ्क्रमण पुष्टि
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया