आइतबार, चैत १५, २०८२

पुँजी बजारसम्बन्धी निबन्ध लेखन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

मेरोन्यूज २०८० चैत १४ गते १३:५६

काठमाडौं । नेपालको पुँजी बजार सम्बन्धी अन्तरकृया तथा राष्ट्रव्यापि निबन्ध लेखन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कलश स्टक मार्केट प्रालि (ब्रोकर नं ७४) को आयोजना तथा किङ्गस कलेज, ववरमहलको सहयोगमा ग्लोवल मनि विकको सन्दर्भ पारेर नेपालको पुँजी बजार सम्बन्धी अन्तरकृया कार्यक्रम तथा राष्ट्रव्यापि निबन्ध लेखन प्रतियोगिताका विजयी उम्मेदवारहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो ।

कम्पनीका अध्यक्ष प्रदिप केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालको पुँजी बजार क्षेत्रका विज्ञ मुक्ती अर्यालले ‘नेपालको पुँजी बजार ‘शिर्षकमा प्रस्तुती गर्दै नेपाली पुँजी बजार क्षेत्रका विविध सैद्धान्तिक तथा व्यवहारिक पक्षमा प्रकाश पार्नुका साथै उठेका जिज्ञासाहरु स्पष्ट गरेका थिए ।

कार्यक्रममा किङ्गस कलेज, ववरमहलका प्रध्यापक तथा व्यवस्थापन संकाय स्नातकतहका विद्यार्थी एवं पुँजी बजारमा रुची राख्ने जिज्ञासु व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो। सो कार्यक्रममा कलश स्टक मार्केट प्रालि (ब्रोकर नं ७४) द्धारा आयोजित राष्ट्रव्यापी निवन्ध लेखन प्रतियोगिताका विजयी निवन्धकारलाई समेत पुरस्कार वितरण समेत गरिएको थियो ।

पुरस्कार प्राप्त गर्नेमा बाराकी शालु कुमारी गुप्ताले नगद १०,००० रुपैयाँ सहित प्रथम पुरस्कार प्राप्त गरेकी छन् त्यसै गरी काठमाडौंका समिप न्यौपाने ५,००० रुपैयाँ नगद सहित दोश्रो र धादिङ्गकी अर्चना लामिछाने ३००० रुपैयाँ नगद सहित तृतिय पुरस्कार जित्न सफल भएकी छन् । पुरस्कृत व्यक्तिहरुलाई कलश स्टक मार्केटका अध्यक्ष प्रदिप केसीले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

उक्त कार्यक्रमको उद्धेश्य माथि पकाश पार्दै कम्पनीका संचालक डिल्लीराम वांस्तोलाले सहभागि तथा पुरस्कृत व्यक्तिहरुलाई स्वागत तथा वधाई अर्पण गर्नुका साथै कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस प्रकारका कार्यक्रमहरु संचालन गरिदै आएको र यस वाट धितोपत्र बजारको क्षेत्रमा रुचि राख्ने व्यक्ति, समुदाय तथा लगानीकर्ताहरुमा सेयर शिक्षाको सम्बन्धमा सचेतना अभिवृद्ध हुने सघाउ पुग्ने कम्पनीले विश्वास रहेको बताए ।

प्रतिक्रिया