बिहीबार, वैशाख १७, २०८३

दैलेखमा खोलामा डुबेर एक युवाको मृत्यु

मेरोन्यूज २०८० चैत १४ गते २१:१७

सुर्खेत । दैलेखको छामघाट खोलामा डुबेर एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा भैरवी गाउँपालिका–३, सालपानीका १९ वर्षीय ज्ञानु तिरुवा रहेका छन्।

Advertisement
NiccNicc

दैलेख प्रहरीका अनुसार बुधबार दिउँसो खोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो।  

प्रहरी सहायक निरीक्षक मोहन रावलको कमाण्डमा ४ जना र थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक कृष्ण डाँगीको कमाण्डमा ५ जनाको टोली खटी मृतकको शवलाई पानीबाट बाहिर निकालिएको थियो। अहिले उक्त शव पोष्ट मार्टमको लागि दुल्लु अस्पताल लगिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया