हुम्लामा आयो पोषणयुक्त चामल
मेरोन्यूज
२०८० चैत १५ गते ११:००

सिमकोट (हुम्ला) । हुम्लामा २३ सय ४० क्विन्टल पोषणयुक्त चामल ल्याइएको छ । पैदल र हवाइमार्गबाट ल्याइएको चामल बिक्री भइरहेको खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका नायब सुब्बा नवीनप्रसाद आर्चायले बताए ।
खाद्य संस्था शाखाको गोदाम सिमकोटमा आइपुगेकामध्ये आठ सय ९० क्विन्टल चामल बिक्री भएको उनले बताए । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेको वितरण केन्द्रबाट एक सय सात र श्रीनगर वितरण केन्द्रबाट दुई सय क्विन्टल चामल बिक्री भएको उनले जानकरी दिए। चामलमा आठ प्रकारका पौष्टिक तत्व मिसाइएको छ ।
यसैबीच, हुम्लाका निम्ति छुट्याइएको १४ हजार क्विन्टल चामल पनि ढुवानी भइरहेको उनले बताए । पौष्टिक तत्व प्रयोग नगरिएको यसअघि ढुवानी हुँदै आएको नियमित कोटाको आठ हजार पाँच सय क्विन्टल चामल हवाइमार्गबाट ल्याइएको छ ।
सम्बन्धित















नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
माघ १९ गते आइतबार, कुन राशिका लागि शुभ ?हेर्नुहोस् आजकाे राशिफल
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
प्रतिक्रिया