प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक
मेरोन्यूज
२०८० चैत १५ गते १२:०७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री दाहालले चैत १८ गते बिहान ९ बजे सिंहदरबारमा बस्ने गरी संवैधानिक परिषद् बैठक बोलाएका हुन् ।
बैठकमा संवैधानिक निकायहरूमा रिक्त रहेका स्थानमा नियुक्तिलगायत विषयमा बैठकमा छलफल गर्ने एजेन्डा रहेको बताइएको छ ।
प्रधानमन्त्री दाहालले बिहीबार बिहान बालुवाटारमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। उनीहरुबीच संवैधानिक परिषद् बैठकबारे कुराकानी भएको बुझिएको छ ।
प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।
सम्बन्धित
















Price of gold rises
काभ्रेपलाञ्चोकमा आर्थिक उपार्जनका लागि कफीखेती अभियान
सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण
इलाममा हटाइयो चियाको न्यूनतम समर्थन मूल्य
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया