स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

देउखुरी (दाङ) । लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म भएका छन् ।
चरा र कीराले नखाओस् भनेर सेतो पातलो कपडाले छोपिएको छ । वाणगङ्गा नगरपालिका कपिलवस्तुमा पाँच वर्ष पहिलेदेखि फूलखेती गरिरहेका भास्कर पङ्गेनी र दशरथ साउदले दाङको घोराही उपमहानगरपालिका–१५ भरतपुरमा १७ कठ्ठा जमिन मासिक रु दुई हजार भाडा दिने शर्तमा विगत दुई वर्षदेखि सयपत्री खेती गरेका थिए ।
उनीहरुले सोही स्थानमा अहिले स्ट्रबेरी खेती गर्नुभएको छ । दाङको हावापानी सुहाउँदो केही खेती गरौँ भन्ने साथीहरुसँग सल्लाह गरी स्ट्रबेरी खेती परीक्षणको लागि गरौँ कस्तो हुन्छ भनी खेती गरेको पङ्गेनीले बताए । पहिलो प्रयास सफल भएकोमा उनी धेरै खुसी छन् । ‘१०८ डिभाइन एग्रो’ नामको फमबाट तिहारको समयमा सयपत्री फूलखेती गरेका उनीहरुले सयपत्रीको याम सकिएपछि स्ट्रबेरी खेती गरेको फम सञ्चालक दशरथ साउदले बताए ।
पहिलो वर्ष खेती गरेका छौँ, इजिप्टबाट बिरुवा ल्याएर रोपेकका हौँ राम्रो आम्दानी भयो । दुई वटा विदेशी जातका आठ हजार बिरुवा रहेको उनले बताए । एउटा बिरुवाबाट एक किलोसम्म फल दिएको उनले बताए । उत्पादन रु पाँच सयप्रति किलोका दरमा बिक्री भइरहेको छ । एक किलो किन्दा एक किलो निःशुल्क दिइरहेको उनले बताए । यो योजना यो हप्ताका लागिमात्र भएको जनाइएको छ ।
स्थानीयवासीलाई फममा आएर स्ट्रबेरीमा फोटो भिडियो बनाउने सुबिधा पनि रहेको र दैनिक ५० देखि ६० जना स्ट्रबेरी हेर्न, खान र फोटो खिच्न आउने गरेको साउदले बताए ।
मङ्सिरमा बिरुवा रोपेको ४० दिनदेखि फल्न सुरु ग¥यो । अहिलेसम्म डेढ क्विन्टल बिक्री भएको साउदले जानकारी दिए। रु पाँच लाख आम्दानी भइसकेको छ । लमही, तुलसीपुरमा पाँच किलो दैनिक ग्रहाकले नियमित लैजाने गरेको उनले बताए। घोराही, बुटवलमा माग अनुसार पठाउने गरेका छौँ । दैनिक ५० किलोसम्म बिक्री हुने गरेको छ ।
ग्राहक फममै आउने र आउन नसकेकाको लागि डेलिभरी गरिदिने गरेको उनले बताए। मङ्सिरमा रोपेको बिरुवाले वैशाखसम्म फल दिने आसा गरेको उनले सुनाए । दाङको हावा पानीमा राम्रो उत्पादन हुने रहेछ । अलिकति मेहनत गरेर पसिना बगाए स्वदेशमै केही गर्न सकिने उनको अनुभव छ ।

















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
निर्वाचन १९ दिन बाँकीः अब १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी
प्रतिक्रिया