कम्प्युटर विज्ञान पढाउन प्रवासीको सहयोग

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान पढाउन प्रवासमा रहेका म्याग्दीवासीले १३ लाख रुपैयाँ सहयोग जुटाएका छन् ।
आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा कम्प्युटर विज्ञान पठनपाठन गर्न स्थायी ठेगाना शिख भई हाल बेलायत बसोबास गर्नुहुने दानबहादुर गर्बुजाको संयोजनमा सहयोग जुटाइएको हो ।
विद्यालयका प्रअ केदार कार्कीले प्रवासमा रहेकाहरू मिलेर २० थान डेक्सटप कम्प्युटर सहयोग गरेको बताए । ‘ग्रामीण क्षेत्रको विद्यालयमा प्रविधिमैत्री आधुनिक शिक्षा प्रदान गर्न कम्प्युटर विज्ञान विषय पढाउने तयारी गरेका छौँ,’ उनले भने, ‘विदेशमा रहनुभएका विद्यालयका पूर्वविद्यार्थी, अभिभावक र शुभचिन्तकले सहयोग रकम जुटाउनु भएको छ ।’
घनश्याम तिलिजा, लालबहादुर पाइजाका परिवारले शुक्रबार चार थान कम्प्युटर विद्यालयलाई हस्तान्तरण गरे । १६ थान कम्प्युटर केही दिनमै विद्यालयमा ल्याउने तयारी छ । शिख उपल्लोस्वारा घर भई हाल बेलायत निवासी घनश्याम तिलिजाको परिवारले तीन थान डेक्सटप कम्प्युटरका लागि एक लाख ९५ हजार, विद्यालयको अतिरिक्त क्रियाकलाप कोषलाई दुई लाख नगदसहित चार थान भलिबल, बास्केटबल र एक थान भलिबलको नेट गरी कूल दुई लाख ३६ हजार रुपैयाँ सहयोग गरेका छन् ।
शिख मूलपानी घर भई हाल बेल्जियम निवासी लालबहादुर पाइजाको परिवारबाट एक थान डेक्सटप कम्प्युटर, आमा समूहलाई २० हजार, छात्राबासका लागि १० हजार गरी ९५ हजार रुपैयाँ सहयोग गरेको विद्यालयले जनाएको छ ।
कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयले गण्डकी प्रदेश सरकारको सहयोगमा छात्राबास सुविधा प्रदान गरेको छ । हाल ३० जना विद्यार्थीले छात्राबासको सुविधा लिएका छन् । प्रदेश सरकारले प्रतिविद्यार्थी दैनिक ६५ रुपैयाँका दरले आवासीय विद्यार्थीलाई सहयोग गरेको छ । अपुग रकम दाताहरुको सहयोगमा जुटाइएको छ । विद्यालयमा एक सय ६७ विद्यार्थी अध्ययनरत छन् ।













६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
देउवा निवासमा छलफलपछि ज्ञानेन्द्र कार्कीले भने – पार्टी एकढिक्का राख्न संवादको ढोका खुला छ
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
प्रतिक्रिया