‘मेरो माया तिम्रो लागि’ सार्वजनिक

काठमाडौँ । गायक रूपक डोटेलको नयाँ गीत ‘मेरो माया तिम्रो लागि’ सार्वजनिक भएको छ । मणि सुवेदीको प्रस्तुति तथा शब्द र साहस शाक्यको एरेन्ज रहेको गीतमा सङ्गीत गायक डोटेल आफैँले भरेका छन् ।
भावनात्मक शैलीको उक्त गीतमा प्रेमपीडा व्यक्त गरिएको छ । गीतमा गायकले प्रेमिकाले आफ्नो माया नबुझेको गुनासो पोखेका छन् । गीतको भिडियोमा एक जोडी प्रेमीको प्रेम र विछोड देखाउन खोजिएको छ । भिडियोमा गायक डोटेल आफैँ देखिएका छन्, भने उनलाई अभिनयमा गरिमा शर्माले साथ दिएका छन् ।
उत्तम हुमागाईंको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको भिडियो गायक डोटेलको आफ्नै अफिसियल युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो । भिडियोका निर्देशक निकेश खड्का छन् । गायक डोटेलले पाँच सयभन्दा बढी गीतमा स्वर दिइसक्नु भएको छ ।
गायक डोटेलका ‘वनकी चरी’, ‘सानुमाया’, ‘मेरो बोली सुन्दा’, ‘चोखो माया लाकै हो नि।।’ लगायत थुप्रै गीत चर्चित छन् । डोटेल सेन्टिमेन्टलका अलावा सेमिक्लासिक, लोक, पप र पाश्र्व गायनमा चिनिँदै आएका छन् ।







यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया