नेपालगञ्जमा युवकको शव फेला
मेरोन्यूज
२०८० चैत १८ गते २०:०४

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा एक युवकको शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ विर्तामा स्थानीय २० वर्षीय युवक अरबी खाँको शव आज फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनले भने–“घाँटीमा धारिलो हतियार प्रहार गरेर खाँको हत्या गरिएको खुलेको छ ।” उनको शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ ।
अस्पतालमा आगलागी
यसैबीच बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आज आगलागी भएको छ । विद्युत् ‘सर्ट’ भएर अस्पतालको सिटी स्क्यान कक्षमा आगलागी प्रहरी नायब उपरीक्षक डाँगीले जानकारी दिए। दमकलको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँः संयोजक दाहाल
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया