रुसी सेनामा भर्ती भएकाहरुकाे परिवारले सिंहदरबार अगाडि गरे प्रदर्शन, १५ जना पक्राउ
मेरोन्यूज
२०८० चैत १९ गते १२:१०

काठमाडौँ । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारले सिंहदरबारको दक्षिण गेट अगाडि विरोध प्रदर्शन गरेका छन् । प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीको नेतृत्वमा सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
उनले भने, “सिंहदरबार अगाडि प्रदर्शन गर्ने दस पुरुष र पाँच महिला गरी १५ जनालाई नियन्त्रणमा लिइएको छ ।” नियन्त्रणमा लिइएकाहरुलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
रुसी सेनामा भर्ना भएर मृत्यु भएकाहरुको शव फिर्ता, सम्पर्कविहीन भएकाको खोजी एवं अलपत्र परेका नेपालीहरुको उद्धारको माग राख्दै उनीहरुले प्रदर्शन गरेका थिए ।
सम्बन्धित
















आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
आज विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर स्थिर, यूरो बढ्यो
मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया