मंगलबार, वैशाख ८, २०८३

१० जिल्लाका १३ विद्यालयलाई नमुनाका रुपमा विकास गरिने

मेरोन्यूज २०८० चैत १९ गते १४:३९

काँर्केविहार । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले १० जिल्लाका कम्तीमा पनि १३ विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गर्ने भएको छ ।

Advertisement
NiccNicc

एक जिल्ला एक नमुना विद्यालय भौतिक पूर्वाधार निर्माण एवं शिक्षण सिकाइ सुधार शिक्षकको पेसागत सहयोग कार्यक्रममार्फत उक्त विद्यालय छनोट गरिएको शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले जानकारी दिए ।

सार्वजानिक शिक्षा सुधारसम्बन्धी कार्यविधि २०८० अनुसार प्रस्ताव पेस गरेका विद्यालयमध्ये मन्त्रीस्तरीय निर्णयबाट १३ विद्यालय छनोटमा परेका निमित्त निर्देशक हमालले जानकारी दिए ।

सुर्खेत, दैलेख, डोल्पा, जुुम्ला, कालीकोट र मुगुमा एक÷एक विद्यालय छनोटमा परेका छन् भने जाजरकोट, सल्यान र रुकुमपश्चिममा दुई÷दुई विद्यालय निर्माण गर्न छनोट गरिएको छ ।

प्रतिक्रिया