दैलेख पुर्याइयो पेट्रोलियम पदार्थ उत्खनन् गर्ने उपकरण

दैलेख। दैलेखको पेट्रोलियम पदार्थ उत्खननको अन्तिम अन्वेषणको कार्यका लागि पहिलो चरणमा उत्खननमा प्रयोग हुने उपकरणसहितका सामान यहाँ पुर्याइएको छ । चीनदेखि कोलकत्ता हुँदै रुपैडिया नाकाबाट सामानसहितका पाँच वटा साना ट्रक पहिलो चरणमा दैलेख पुगेका छन् ।
पेट्रोलियम पदार्थ उत्खननका लागि चीनबाट कोलकत्ता हुँदै ल्याइएका उपकरण दैलेख पुग्नासाथ चौबिसै घण्टा काम अगाडि बढाइने बताइएको छ ।
ठूला ट्रकहरुका लागि भने कर्णाली राजमार्गको केही खण्ड र मध्यपहाडी सडकसम्म जोड्ने खण्डमा मोड नपुगेका कारण कर्णाली राजमार्गमै रोकिएका छन् । रोकिएका ट्रक पास गर्न सडकको मोड व्यवस्थापन गर्ने कार्य तीव्र पारिएको छ ।
भारतको रुपैडिया नाकाबाट करिब एक सय ५० बढी ट्रक दैलेखका लागि हिँडिसकेको जनाइएको छ । अगाडि आएका सामान अनलोड गर्दै धमाधम जडानको काम सुरु गरिएको छ । सुरक्षा व्यवस्थालगायतका अन्य कामका बारेमा दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले आयोजनास्थलको अनुगमन गरे ।
कामले तीव्रता लिएको र तोकिएकै समयमा कामसक्नेगरी सबै सुरक्षा व्यवस्थाका काम सुरु गरिसकेको प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।
स्थानीयले जग्गा प्रदान गर्ने बेलादेखि नै रोजगारी दिनुपर्ने, समस्या परेका घरहरुलाई थप सहयोग गर्नुपर्नेलगायतका माग सम्बोधनको चरणमा रहेको र पेट्रोलियम पदार्थको प्रशोधन दैलेखमै हुनुपर्ने दैलेखका बासिन्दाको माग रहेको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र थापाले जानकारी दिए ।
आइतबारदेखि नै स्थानीय ११ युवा रोजगारी पाएसँगै काममा लागेका छन् । भैरवी–१ जलजलेका स्थानीय जनक थापासहित ११ जना काममा लागेका छन् । आफूहरुले स्थानीयस्तरमै रोजगारी पाए भारत नजाने थापाले बताए ।
नेपाल सरकार र चीन सरकारसँग भएको ‘जिटुजी’ सम्झौता अनुसार सुरु गरिएको पेट्रोलियम अन्वेषणको नतिजा सकारात्मक आए नेपालमा समृद्धिको नयाँ ढोका खुल्ने दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलबहादुर विकले बताए ।
अन्तिम अन्वेषणका लागि करिब चार किलोमिटर जमिन मुनिसम्म ‘ड्रिलिङ’ गरिनेछ । ड्रिलिङपश्चात् पेट्रोलियम पदार्थ र ग्यास भण्डारण कति छ भन्ने पत्ता लाग्नेबित्तिकै अर्को प्रक्रियामा जाने तयारी हुने खानी तथा भूगर्भ विभागका अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितले जानकारी दिए ।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया