चाँदीको तयारी गहनासहित मोरङबाट एक जना पक्राउ

मोरङ । मोरङको बेलबारी नगरपालिका–७ बाहुनीबाट ८ लाख ७४ हजार ५ सय ५२ रुपैयाँ बराबरको चाँदीको तयारी गरगहनासहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
बिशेष सुचनाको आधारमा सोही जिल्लाको कानेपोखरी गाउँपलिका–६ बस्ने ३८ बर्षिय बिजय खत्रीलाई १७ केजी ९ सय ६० ग्राम चाँदीको तयारी गरगहनासहित सुरक्षा बेश बाहुनीले नियन्त्रणमा लिएको हो ।
प्रदेश १–०२–०४९ प ७००२ नम्बरको मोटरसाईकल सवार उनले लुकाई छिपाई लैजादै गरेको अवस्थमा उनलाई १२ केजी २ सय ११ ग्राम चाँदीको गरगहनासहित नियन्त्रणमा लिइएको थियो । पछि उनकै सूचनाको आधारमा सोही ठाउँको एक घरमा लुकाई छिपाई राखेको अवस्थामा ५ केजी ७ सय ४९ ग्राम चाँदीको तयारी गरगहना सुरक्षा बेस बाहुनी र सुरक्षा बेस लक्ष्मीमार्गबाट खटिएको सुरक्षा फौजले बरामद गरेको थियो । उनी सवार उल्लेखित मोटरसाइकल समेत सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार बरामद चाँदीको गरगहना तथा मोटरसाइकलसहित खत्रीलाई चैत १९ गते सोमबार आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालय मोरङमा बुझाइएको छ ।

















पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
राष्ट्रपति पौडेलद्वारा भण्डारेश्वर महादेवको दर्शन
उज्यालो नेपाल पार्टीले सार्वजनिक गरेकाे निर्वाचन प्रतिबद्धतापत्रमा के छ ?
पश्चिमी वायुको सामान्य प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प
प्रतिक्रिया