नेपाली क्रिकेट टिमको भारतमा लगातार दोस्रो जित

काठमाडौं । नेपाली क्रिकेट टिमले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कपमा बरोडालाई पराजित गरेको छ ।
नेपालले मंगलबार बरोडा क्रिकेट एसोसियसनको टिमलाई २७ रनले पराजित गरेको हो ।
नेपालले दिएको १५७ रनको लक्ष्य पछाएको बरोडा २० ओभरमा अल आउट हुँदै १२९ रन बनाएको थियो ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले ९-९ रन बनाए भने कप्तान रोहित पौडेलले १८, अनिल शाहले २५, गुलशन झाले १३, सन्दीप जोराले २८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले अविजित ४० तथा दिपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।
बरोडाका बलर बाबा खानले २ विकेट तथा परिक्षित पाटीदार र मोहित मोंगीयाले एक एक विकेट लिएका थिए ।
नेपालको यो लगातार दोस्रो जित हो । यस अघि नेपालले गुजरात क्रिकेट एसोसियसनलाई पराजित गरेको थियो । अब नेपालले अर्को खेल अप्रिल ३ मा गुजरातसँग तथा अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ । त्यस्तै शिर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् ।
















पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया