‘पुष्पाः द रुल’ को पोस्टर टिजर सार्वजनिक
मेरोन्यूज
२०८० चैत २० गते १९:३३

काठमाडौँ । साउथ अभिनेता अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पाः द रुल’ को पोस्टर टिजर सार्वजनिक भएको छ ।
निर्माण पक्षले फिल्मको पोस्टरसँगै टिजरको रिलिज मिति समेत सार्वजनिक गरेको छ ।
८ अप्रिलमा अल्लुले आफ्नो ४२औं जन्मदिन मनाउँदै छन् । त्यसैदिन निर्माण पक्षले फिल्मको टिजर रिलिज गर्ने बताएकाे छ ।
फिल्म आगामी अगस्त १५ मा रिलिज हुँदैछ ।
यस अघि पुष्पा- द राइज २०२१ मा रिलिज भएको थियो । फिल्मले भारतीय बक्स अफिसमा बम्पर कमाई गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया