कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने
मेरोन्यूज
२०८० चैत २१ गते ९:२२

सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक आज बस्दै छ ।
मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मतको प्रक्रिया पुरा गरेर मात्र राजीनामा दिने अडानका कारण मंगलबार बैठक बस्न सकेको थिएन । बैठक आज अपराहन्न ३ बजेका लागि बोलाइएको छ ।
माओवादी केन्द्रको मंगलबार बसेको संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिएर राजीनामा दिने निष्कर्षमा पुगेपछि केन्द्रमा भएको सहमतिलाई प्रदेशले चुनौती दिने देखिएको छ । मुख्यमन्त्री शर्मा केन्द्रमा कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमतिप्रति असन्तुष्ट देखिएका छन् ।
मंगलबार दिन भर माओवादी र एमालेबीच पटक पटक छलफल भएपनि सहमति हुन नसकेपछि प्रदेश सभाको बैठक नै प्रभावित बनेको थियो ।
सम्बन्धित
















इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
प्रतिक्रिया