मेटामा फेरि समस्या : व्हाट्सएप, फेसबुक र इन्स्टाग्राम एक घण्टासम्म डाउन

काठमाडौँ । मेटामा ठूलो प्राविधिक गडबडीका कारण यसका सबै प्लेटफर्महरू जस्तै व्हाट्सएप, फेसबुक र इन्स्टाग्राम केही समयको लागि डाउन भएका थिए । तर, अहिले प्राविधिक त्रुटि सच्याइसकेको मेटाले जनाएको छ ।
बुधवार राति अबेरसम्म, विश्वभरका हजारौं प्रयोगकर्ताहरूले तीनवटै प्लेटफर्महरूको पहुँचमा समस्या आएको थियो । मेटामा आएको समस्या करिब एक घण्टासम्म रहेको थियो ।
वेबसाइट र एप्समा समस्याहरू ट्र्याक गर्ने प्लेटफर्म डाउनडिटेक्टरका अनुसार व्हाट्सएपका ८० हजार भन्दा बढी प्रयोगकर्ताहरूले डाउन भएको रिपोर्ट गरेका छन्।
व्हाट्सएपले एक्समा जानकारी दिदै भन्यो- ‘हामीलाई थाहा छ कि केहि व्यक्तिहरूले प्लेटफर्ममा समस्याहरू सामना गरिरहेका छन् । हामी यसलाई सकेसम्म चाँडो समाधान गर्न काम गरिरहेका छौं ।’
यसअघि मार्चमा पनि मेटाका सबै प्लेटफर्ममा समस्या आएपछि ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक दुई घण्टासम्म डाउन भएको थियो ।
















वैशाख वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
प्रतिक्रिया