सर्वेक्षणमा ६ ठुला राज्यमा बाइडेनभन्दा ट्रम्प अगाडी

काठमाडौँ । अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुने निश्चित जस्तै छ ।
यसैबीच, एक ओपिनियन पोलले चकित पार्ने दाबी गरेको छ । सातमध्ये छ वटा राज्यमा बाइडेन आफ्ना प्रमुख प्रतिद्वन्द्वी ट्रम्पभन्दा पछाडि रहेको बताइएको सो पोलले आफ्नो नतिजामा देखाएको छ ।
यूएस ओपिनियन पोलले ट्रम्पले बाइडेनलाई पछाडि छोडेको देखाएको हो ।
वाल स्ट्रिट जर्नलले गरेको सर्वेक्षणले ठूलो संख्यामा मतदाता राष्ट्रिय अर्थतन्त्रप्रति सन्तुष्ट नभएको देखाएको छ । यसबाहेक मानिसहरूले बाइडेनको काम गर्ने क्षमतामाथि पनि शंका गरेका छन् ।
सर्वेक्षण पेन्सिलभेनिया, मिशिगन, एरिजोना, जर्जिया, नेभाडा र उत्तरी क्यारोलिनामा डोनाल्ड ट्रम्प दुई देखि आठ प्रतिशत अंकले अगाडि छन् । तर, विस्कॉन्सिनमा बिडेन तीन अंकले अगाडि छन् ।
यति मात्र होइन, सर्वेक्षणले हरेक राज्यमा राष्ट्रपति बाइडेनको काम मन नपराउने मानिस बढी रहेको खुलासा गरेको छ । यसको विपरित ट्रम्प राष्ट्रपति हुँदा एरिजोनामा मात्रै उनलाई मन पराइएको थिएन । रियल क्लियर पोलिटिक्सका अनुसार ट्रम्प र बिडेनबीच कडा प्रतिस्पर्धा छ । प्रमुख राष्ट्रिय सर्वेक्षणको औसतले पूर्व राष्ट्रपति ट्रम्प बाइडेनभन्दा ०.८ प्रतिशत अंकले अगाडि रहेको देखाएको छ ।
तर अमेरिकी चुनावमा प्रतिष्पर्धाको जति चर्चा छ त्यति नै डोनाल्ड ट्रम्पले लगातार दिइरहेको विवादास्पद बयानको पनि चर्चा भइरहेको छ ।
यसअघि ओहायोको डेटनमा एक र्यालीलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए, ‘हामी सिमानाबाट आउने हरेक गाडीमा शतप्रतिशत भन्सार लगाउने छौं र म निर्वाचित भएँ भने तपाईले बेच्न सक्नुहुन्न । अब म निर्वाचित भएन भने यहाँ रक्तपात हुनेछ । कम्तिमा यो हुनेछ। देशका लागि रक्तपात हुन लागेको छ ।’
अमेरिकी राष्ट्रपति जो बाइडेनको अभियानका प्रवक्ता जेम्स सिंगरले डोनाल्ड ट्रम्पको भनाइको निन्दा गरेका थिए ।
















ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
40 days to HoR elections: Printing of 5 million ballot papers for PR system remaining
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया