महांकालमा सर्वाधिक राशीको भलिवल प्रतियोगिता, प्रधानमन्त्रीले उद्घाटन गर्ने

ललितपुर । ललितपुर जिल्लामा हालसम्मकै सर्वाधिक राशीको पुरस्कारको भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । प्रज्ञा स्मृती प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।
प्रतिष्ठानले स्व. प्रकाश दाहालको स्मृतिमा ‘प्रथम बागमती प्रदेश अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगीता–२०८१’ हुने लागेको हो । यस प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति ललितपुरले स्थानीय स्तरमा संयोजनको गर्ने भएको छ ।
२०८१ बैशाख २२ गतेदेखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टोलीले ३ लाख रुपैंया नगदसहित शिल्ड, ट्रफी र मेडल प्राप्त गर्नेछन् । दोश्रोले २ लाख र तेश्रोलाई १ लाख रुपैंया र सान्त्वना स्थान प्राप्त गर्ने टोलीले ५० हजार रुपैंया प्राप्त गर्ने खेलकुद आयोजना संयोजक तथा महांकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोलेले जानकारी दिईन ।
उनले भनिन् ‘उपत्यकाभित्रको स्थान भईकन पनि महांकाल गाउँपालिका र आसपासका क्षेत्रहरु अझै विकासका गतिले पछाडी परेको अवस्थामा छन् । प्रतियोगिताका कारण यस क्षेत्रको प्रचार प्रसार भई पर्यटनको विकास हुने सम्भावना छ ।’ बागमती प्रदेशका सबै पालिकालाई भलिबल प्रतियोगीतामा निमान्त्रणा गरेको र खेल लिग कम नक आउटका आधारमा खेलाईने आयोजकले जानकारी दिएको छ ।
आयोजक प्रज्ञा स्मृति प्रतिष्ठानकी अध्यक्ष तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले खेलकुदले स्थानीय तहको सर्वाङ्गिण विकास गर्ने भएका कारण प्रतियोगिता आयोजना गरेको बताईन् । स्थानीय सरकारले खेल र स्थानीय स्तरमा खेलाडी उत्पादनमा सहयोग पुग्ने उनीले बताइन् ।
प्रतियोगिता सञ्चालन समितिका आयोजनाको सह–संयोजक कविराज मालाकारले ‘भलिबल प्रतियोगिताले प्रदेशभर नयाँ खेलाडीहरु उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
















सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु
चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया