उद्यम गरेर स्वावलम्बी बन्दै बाँकेका एकल महिला

जानकी (बाँके) । धनी परियारको दैनिकी विवाहमा प्रयोग हुने सगुनको डालो, सुपो, शाहीपाटो, घुम्टो, जडी मालालगायत शृङ्गारका सामग्री बनाउनमा बित्छ ।
पचास वर्षीया उनले नेपालगञ्ज उपमहानगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा आयोजित ४५ दिने विवाहको ‘सगुन एवं शृङ्गारका सामग्री निर्माण तालिम’ मा सहभागी भएपछि ती सामान बनाउन थालेकी हुन।
एकल महिला उन नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीकी स्थायी बासिन्दा हुन् । उनले वर्षौँ कपडा सिलाएर जीवन गुजारा गर्दै आएको बताईन् । “मैले १२ वर्षसम्म सिलाइ गरेर खर्च जृुटाएँ, दैनिक दुई सय पचास देखि पाँच सयसम्म कमाइ हुन्थ्यो । त्यसले घर खर्च चलाउन धौधौ हुन्थ्यो ।”
हातमा सीप भयो भने आफ्नो बेग्लै पहिचान हुने र आर्थिकरुपमा पनि बलियो भइन्छ भन्ने लागेर तालिममा सहभागी उनले नेपालगञ्जको सीप विकास तालिम केन्द्रको सभाकक्षमा सगुनको मखमली डालो देखाउँदै भनिन्, “तालिमको प्रमाणपत्र पाइयो अब व्यवसाय गर्ने हो ।”
धनी परियार जस्तै सोही तालिमकी सहभागी प्रमिला केवँट । घाँस काटेर जीविकोपार्जन गर्नु भएकी उनी अब तालिममा सिकेको सीपबाट व्यावसायिक परिचय बनाउनेतर्फ लाग्ने बताउछिन्। उद्यमशीलतासम्बन्धी दुईदिने तालिममा सहभागी भएपछि पुनः एक हप्ताको तालिमबाट छानिएर उहाँ ४५ दिने सगनु एवं शृङ्गारका सामग्री बनाउने तालिममा सहभागी हुनुभएको हो ।
दिदी भिनाजुसँगै बस्दै आउनु भएकी प्रमिलामा प्रशिक्षक सङ्गीता गौतमले भनेझैं आफ्नै व्यवसाय सञ्चालन क्षमता छ । “मैले अनुभवको लागि मात्र यो तालिम लिएको होइन म अब उद्यम गर्न चाहन्छु,” उनले भने ।
नेपालगञ्ज उपमहानगरपालिका (१ वाटरपार्ककी नम्रता मल्ललाई पनि धनी परियार र प्रमिला केँवटजस्तै उद्यमी बनेर आफ्नै व्यवसाय गर्ने चाहना छ । सीपले स्वावलम्बी बनाउने वास्तविकता बुझेर नै उनीहरू उद्यम गरिरहेकी छन् । उनीहरूसँगै अन्य १० जना महिला पनि सीप सिकिरहेकी छन्।

















टी-२० विश्वकपमा आज नेपालको अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता
टी-२० विश्वकपमा भएका रोचक समीकरण,अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
प्रतिक्रिया