वैदेशिक रोजगारीमा समस्या परेका १९२ जनालाई क्षतिपूर्ति

दमौली। वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका एक सय ९२ जनाले क्षतिपूर्तिस्वरुप दुई करोड ३१ लाख रूपैयाँभन्दा बढी राहत वितरण गरिएको छ।
सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को पहलमा चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका उनीहरुले राहतस्वरुप उक्त रकम प्राप्त गरेका हुन्।
वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु, उद्धार तथा जालसाजीमा परेका उनीहरुले सामी कार्यक्रमको समन्वयमा उक्त रकम प्राप्त गरेको कार्यक्रम संयोजक लुना रानाले जानकारी दिइन्।
उनका अनुसार व्यास नगरपालिकाका ६७ जनाले ६१ लाख ९१ हजार रूपैयाँ, भानु नगरपालिकाका १६ जनाले एक लाख २० हजार रूपैयाँ, शुक्लागण्डकी नगरपालिकाका १५ जनाले ११ लाख रूपैयाँ, म्याग्दे गाउँपालिकाका २२ जनाले ४५ लाख ५० हजार रूपैयाँ, भिमाद नगरपालिकाका २५ जनाले ६४ लाख ७९ हजार रूपैयाँ, बन्दीपुर गाउँपालकाका ११ जनाले दुई लाख रूपैयाँ, देवघाट गाउँपालिकाका ११ जनाले २१ लाख रूपैयाँ, आँबुखैरेनी गाउँपालिकाका चार जनाले ५० हजार रूपैयाँ, ऋषिङ गाउँपालिकाका १४ जनाले दुई लाख ५० हजार रूपैयाँ क्षतिपूर्ति पाएका छन्।
तनहुँबाहेक अन्य ठाउँका सात जनाले २१ लाख रूपैयाँ क्षतिपूर्ति रकम पाएको संयोजक रानाले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रमा एक सय १८ ठगीका, १४ मृत्यु, छ जेल, १२ करार उल्लंघन, १४ उद्धार र ६३ अन्य उजुरी परेका थिए।
रानाले भनिन्, ‘आप्रवासन केन्द्रमा मुद्दा दर्ता भएपछि प्रशासन कार्यालय, प्रहरी कार्यालय, स्थानीय तह लगायतको सहकार्यमा पीडित परिवारलाई क्षतिपूर्ति रकम प्रदान गर्न सकिएको हो।’ सामी कार्यक्रम सञ्चालन भएपछि वैदेशिक रोजगारमा जाने र रोजगारमा ठगिएका, मृत्यु भएकाले राहत रकम पाउँदा पीडित परिवारलाई सहज हुने गरेको उनको भनाइ छ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया