लागुऔषध सहित ३ युवक प्रहरी नियन्त्रणमा

सिरहा । सिरहा प्रहरीले ठुलो परिमाणमा लागुऔषध सहित तिनजना युवालाई नियन्त्रणमा लिएको छ।
सिरहाको छुट्टाछुट्टै स्थान गोलबजार नगरपालिका ६ वस्ने अन्दाजीं.बर्ष ३८ को रामएकवाल गिरी , लाहान नगरपालिका १९ छर्रापट्टिको वर्ष २४ को संतोष कुमार साह र कटहा चौक वस्ने वर्ष २५ को शिवनाथ महतोलाई प्रहरीले ठुलो परिमाणमा लागुऔषध सहित नियन्त्रणमा लिएको हो।
विशेष सुचनाको आधारमा घरमै.लुकाई छिपाई राखेको अवस्थामा गोलवजारका प्रहरी निरिक्षक शुनिल कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले घर भित्र रहेको साउण्ड बक्स भित्र प्लास्टिकको पोकामा ला.औ.ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ।
पलाष्टिक प्याक सहित १२.८ सय ७० मिली ग्राम लागु पदार्थ व्राउन सुगर सहित गिरीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलजारका प्रहरी निरिक्षक शुनिल कार्कीले जनाएको छ। पक्राउ गरेका गिरीलाइ अन्य थप अनुसन्धानका लागी समान्ति जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान कार्य भइरहेको प्रहरी निरिक्षक कार्कीले बताए।
त्यसैगरी,लाहान नगरपालिका ३ पुर्व वसपार्कबाट गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय लाहान र लागुऔषध नियन्त्रण व्युरो शाखा गोलवजारको संयुतm टोलीले ठुलो परिमाणमा दुईजना युवा सहित लागुऔषध नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ।
अस्पताल चौकदेखि लाहान वजारतिर आउने क्रममा प्रदेश २–०१–००१ प् ७३८० नम्वरको मोटरसाईकल चेकजाच गर्नेक्रममा फेनारगन–१३३ एम्पुल,बुपरेनोरफीन इन्जेक्सन एलपी –१३५ एम्पुल र डाइजिपाम इन्जेक्सन आइआर –१३४ सहित साह र महतोलाइ प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।
















मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
विभागका महानिर्देशकलाई नाडाले भन्याे – भन्सार यार्डमै एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक छैन
अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया