लागुऔषध सहित ३ युवक प्रहरी नियन्त्रणमा

सिरहा । सिरहा प्रहरीले ठुलो परिमाणमा लागुऔषध सहित तिनजना युवालाई नियन्त्रणमा लिएको छ।
सिरहाको छुट्टाछुट्टै स्थान गोलबजार नगरपालिका ६ वस्ने अन्दाजीं.बर्ष ३८ को रामएकवाल गिरी , लाहान नगरपालिका १९ छर्रापट्टिको वर्ष २४ को संतोष कुमार साह र कटहा चौक वस्ने वर्ष २५ को शिवनाथ महतोलाई प्रहरीले ठुलो परिमाणमा लागुऔषध सहित नियन्त्रणमा लिएको हो।
विशेष सुचनाको आधारमा घरमै.लुकाई छिपाई राखेको अवस्थामा गोलवजारका प्रहरी निरिक्षक शुनिल कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले घर भित्र रहेको साउण्ड बक्स भित्र प्लास्टिकको पोकामा ला.औ.ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ।
पलाष्टिक प्याक सहित १२.८ सय ७० मिली ग्राम लागु पदार्थ व्राउन सुगर सहित गिरीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलजारका प्रहरी निरिक्षक शुनिल कार्कीले जनाएको छ। पक्राउ गरेका गिरीलाइ अन्य थप अनुसन्धानका लागी समान्ति जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान कार्य भइरहेको प्रहरी निरिक्षक कार्कीले बताए।
त्यसैगरी,लाहान नगरपालिका ३ पुर्व वसपार्कबाट गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय लाहान र लागुऔषध नियन्त्रण व्युरो शाखा गोलवजारको संयुतm टोलीले ठुलो परिमाणमा दुईजना युवा सहित लागुऔषध नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ।
अस्पताल चौकदेखि लाहान वजारतिर आउने क्रममा प्रदेश २–०१–००१ प् ७३८० नम्वरको मोटरसाईकल चेकजाच गर्नेक्रममा फेनारगन–१३३ एम्पुल,बुपरेनोरफीन इन्जेक्सन एलपी –१३५ एम्पुल र डाइजिपाम इन्जेक्सन आइआर –१३४ सहित साह र महतोलाइ प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।
















ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
40 days to HoR elections: Printing of 5 million ballot papers for PR system remaining
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया