एमाले कालीकोटको अध्यक्षमा मल्ल विजयी

मान्म (कालीकोट)। नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीको अध्यक्षमा तुलाराम मल्ल विजयी भएका छन्।
शनिबार भएको निर्वाचनमा मल्लले दुई सय १८ मत प्राप्त गर्दा अध्यक्षका प्रत्यासी सिम्खडाले एक सय ८६ मत प्राप्त गरे ।
यही चैत २१ गतेदेखि सुरु भएको ११औँ जिल्ला अधिवेशनमा सहमति नभएपछि शनिवार निर्वाचन भएको थियो । पदाधिकारीमा अध्यक्ष मल्लको प्यानल नै विजयी भएको छ ।
साथै, उपाध्यक्षमा टेकबहादुर बुढाले दुई सय १० मतसहित निर्वाचित भए भने प्रतिद्वन्द्वी कमलबहादुर शाहीले एक सय ७२ मत प्राप्त गरे । सचिवमा पुष्पराज आचार्यले २१२ मत ल्याएर विजयी हुँदा प्रत्यासी खडानन्द चौलागाई एक सय ५८ मत प्राप्त गरे।
उप(सचिव खुलामा पवित्र शाहीले एक सय ६८ मत प्राप्त निर्वाचित भए भने उनका प्रत्यासीहरु प्रेमबहादुर बुढाले ९२ र लङ्कबहादुर बमले ९८ मत पाउनु भएको निर्वाचन समितिका सदस्य भरत विष्टले जानकारी दिए।
उप(सचिव महिलामा ताराकुमारी शाहीले दुई सय १२ मत प्राप्त गरी विजयी हुनुभयो भने प्रत्यासी सुभद्रा सिंहले सय ५७ मत प्राप्त गरे ।
निर्वाचनमा कुल चार सय २८ मतदातामध्ये चार सय २४ मत खसेको निर्वाचन समितिले जनाएको छ ।















आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया