नेपाल ए लाई आयरल्याण्डले दियो २८५ रनको लक्ष्य
मेरोन्यूज
२०८० चैत २५ गते १३:१९

काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड वोल्भ्सले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको हो ।
आयरल्याण्ड वोल्भ्सका लागि ओपनर स्टेफेन डोहेनीले १०७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै पिटर मूरले ४४ रन बनाए भने मोर्गन टोपिंगले २१, फिओनन हान्डले २०, बेन ह्वाइटले १९ र माथ्यु हम्परेजले २३ रन बनाएका थिए ।
त्यसैगरी नेपाल ए का बलर रिजन ढकाल र रंजित कुमारले ३-३ विकेट लिए भने विकास आग्री र शाहाब आलमले एक एक विकेट लिएका थिए ।
सम्बन्धित












आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज शुक्रबार, कुन राशिहरूका लागि शुभ ? हेर्नुहोस् राशिफल
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया