भिसा अवधि सकिएर नेपाल बसिरहेका १० बंगलादेशी नागरिक पक्राउ

काठमाडौँ । नेपालमा भिसाको अवधि सकिएपछि पनि दश बंगलादेशी नागरिक पक्राउ गरिएको छ ।
प्रहरीले नेपाल प्रवेश गरेर गैर कानुनी ढंगले बसोबास गर्नुका साथै शंकास्पद गतिविधिहरूमा संलग्न रहेको सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिएको हो ।
काठमाण्डौंको सोह्रखुट्टे, ठमेल एरियाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा बंगलादेशी नागरिक ३३ वर्षीय अनिसुर रहमान, २३ वर्षीय अब्दुल्ला, २१ वर्षीय इमामुल हुसेन, २६ वर्षीय हफिजुर रहमान, २० वर्षीय सोजिब हुसेन, २४ वर्षीय सैफुल इस्लाम, ४१ वर्षीय बिलाल हुसेन, ४२ वर्षीय सलिम, २७ वर्षीय नासिर उद्दीन र ४० वर्षीय इसिन खान रहेका छन् । प्रहरीले पक्राउ परेका सबै बंगलादेशको ढाका निवासी रहेको र उनीहरु सबै काठमाडौंको सोह्रखुट्टे बस्दै आएको जनाएको छ ।
अहिले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि अध्यागमन विभाग पठाइएको छ ।
















निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया