प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेतासँग छलफल गर्दै सभामुख

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डसहित प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छन् ।
सभामुख घिमिरेले बिहान साढे १० बजे नेताहरूलाई आफ्नो कार्यकक्ष सिंहदरवारमा बोलाएर छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
घिमिरेले छलफलका लागि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायतलाई बोलाएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेमाथि अनुसन्धानका लागि संसदीय छानबिन समिति गठनको माग उठाउँदै आएको छ ।
प्रतिनिधिसभाको बैठक भोलिका लागि बोलाइएकाले त्यसअघि संसदको गतिरोध अन्त्यको प्रयासका लागि सभामुखले छलफल गर्न लागेका हुन् ।
कांग्रेसले आगामी बैठक अघि छानबिन समिति नबने बैठक चल्न नदिने यसअघि नै चेतावनी दिइसकेको छ । आजको बैठकले भोलिको प्रतिनिधिसभा बैठक कुन ढंगले अघि बढ्छ भन्ने प्रष्ट हुनेछ ।















आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया