शुक्रबार, वैशाख १८, २०८३

गायक निशान भट्टराई र मोडल ऋचाकाे डिभोर्स

मेरोन्यूज २०८० चैत २६ गते १६:०६

काठमाडौँ । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स भएको छ ।

Advertisement
NiccNicc

अदालतमै पुगेर बिहे गरेका उनीहरूबीच गत चैत ७ गते डिभोर्स भएको हो ।

अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको मतलब र मरिणामसमेत दुवै पक्षलाई पढीबाची लेखिएबमोजिम पति पत्नीबीचको सम्बन्धविच्छेद हुनेगरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरुले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको छ ।’

दुई वर्ष लामो प्रेम सम्बन्धलाई निशान र ऋचाले २०७७ साउन २७ गते काभ्रे जिल्ला अदालतमा पुगेर कानुनी बिहे गरेका थिए।

प्रतिक्रिया