नेपाल आँखा अस्पतालको ५०औँ वार्षिकोत्सवमा दुई चिकित्सक पुरस्कृत

काठमाडौं । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले ५० औँ वार्षिकोत्सवका अवसरमा दुई जना चिकित्सकलाई पुरस्कृत गरेको छ।
अस्पतालले धेरै शल्यक्रिया गर्ने र बहिरङ्ग सेवामा रही अधिक बिरामीको स्वास्थ्य परीक्षण गर्ने दुई जना विशेषज्ञ चिकित्सकलाई पुरस्कृत गरेको हो।
अस्पतालको ५०औँ वार्षिकोत्सवका अवसरमा करिब एक हजार नौ सय २९ बिरामीको सफल शल्यक्रिया गर्ने डा किरण शाक्य र बहिरङ्ग सेवामार्फत करिब १६ हजार बिरामीको स्वास्थ्य परीक्षण गर्ने डा इन्दुप्रसाद ढुङ्गेललाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको अस्पताल प्रशासनले जनाएको छ।
विसं २०३० चैत २६ गते स्थापित अस्पतालले हालसम्म ३४ लाख ३८ हजार पाँच सय ७२ जनाको आँखा परीक्षण र एक लाख ३७ हजार एक सय ७४ जनाको आँखाको शल्यक्रिया गरेको वार्षिकोत्सव कार्यक्रममा अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले जानकारी दिए।
गत वर्ष सन् २०२३ मा एक लाख ५४ हजार चार सय ८० बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै करिब ११ हजारको शल्यक्रिया सेवा उपलब्ध गराएको थियो। उक्त अस्पतालले सो अवधिमा एक सय वर्षमाथिका १५ जनालाई आँखा उपचार सेवा पु¥याइएको अध्यक्ष डा पोखरेलले जानकारी दिए। उनका अनुसार सेवा लिनेमध्ये दुई जनाको शल्यक्रिया गरिएको थियो।
उपचारमा आउने समग्रमध्ये ५२ प्रतिशत महिला छन् भने मोतियाबिन्दुका उपचार गर्न आउनमा महिलाको सङ्ख्या ५५ प्रतिशत छ। साथै अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये २० देखि २९ वर्ष उमेर समूहको सङ्ख्या तुलनात्मकरुपमा धेरै रहेको अध्यक्ष पोखरेलले जानकारी दिए। उनका अनुसार हाल अस्पतालबाट दैनिक चार सयदेखि सात सयसम्म बिरामीले सेवा लिइरहेका छन्।
अस्पतालले आगामी चार वर्षभित्रमा वार्षिकरुपमा दुई लाख ५० हजार बिरामीलाई उपचार सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। यहाँ सेवा लिन आउनेमध्ये ९० प्रतिशत बिरामीलाई एकघण्टाभित्र उपचार सेवा उपलब्ध गराउँदै आइएको अध्यक्ष पोलरेलले बताए।
उक्त अस्पतालमा उपचार गर्न आउनेमध्ये सबैभन्दा धेरै काठमाडौँका ६२ प्रतिशत छन् भने अरु क्रमशः ललितपुर, धादिङ, नुवाकोट, रामेछाप, मकवानपुर, दोलखासहित छिमेकी मुलुक भारतसम्मका छन्। अरु महिनाको तुलनामा वार्षिकरुपमा साउनमा उपचार गर्न आउने विद्यार्थीको सङ्ख्या अधिक छ। अस्पतालले गत वर्ष मुलुकका विभिन्न स्थानमा १३ वटा निःशुल्क शल्यक्रिया शिविर सञ्चालित गरी बिरामीलाई सेवा पु¥याएको थियो।
नेपाल आँखा अस्पताले काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालय र वृद्धाश्रममा पनि उपचार सेवा पु¥याउन महानगरसँग सहयकार्यका लागि प्रयास गरिरहेको छ। वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रामप्रसाद पोखरेल संस्थापक रहेको अस्पतालले आँखाका बिरामी मात्र नभई विश्व स्वास्थ्य सङ्गठनले अघि सारेको स्वास्थ्यसम्बन्धी दीगो लक्ष्यप्राप्तिमा समेत योगदान दिँदै आएको छ। अस्पताले वार्षिकोत्सवका अवसरमा २५ वर्षसम्म निरन्तर सेवा दिने पर्शुराम हुमागाईं र दानबहादुर महतोलाई दीर्घसेवा पुरस्कार र प्रमाणपत्र प्रदान गरेको छ।
कार्यक्रममा अस्पताल सञ्चालक समितिका सचिव युद्धध्वज सापकोटाले नेपालको स्वास्थ्य सेवाभित्र आँखा अस्पतालमार्फत दीगो लक्ष्य प्राप्तिका लागि भइरहेको प्रयासबारे जानकारी गराए।
अस्पतालले मासिकरुपमा समग्र बिरामीको स्वास्थ्य परीक्षण, शल्यक्रिया र बहिरङ्ग सेवाका सम्बन्धमा गहन छलफल र मूल्याङ्कन गरी सेवालाई गुणस्तरीय, सहज र सरल बनाउने अभ्यास गरिरहेको पनि उनले बताए। नेपालमा आँखा स्वास्थ्यका क्षेत्रमा विशेषज्ञ सेवा प्रदान गर्ने नेपाल आँखा अस्पताल पहिलो हो।
अस्पतालमा कर्निया, मोतियबिन्दु, जलबिन्दु, रेटिना, अकुलोप्लाष्टि एवं बाल आँखा सेवासमेत उपलब्ध छन्। आधुनिक प्रविधि र उच्च गुणस्तरका औजार र उपकरणबाट अस्पतालले बिरामीलाई सेवा उपलब्ध गराइरहेको छ।
















‘Former PM Adhikari’s dedication unparalleled’
वीरगञ्जमा गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
प्रतिक्रिया