भोटखोलामा टेलिफोन सेवा अवरुद्ध

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ । सोमबार रातिदेखि टेलिफोन अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित भएका छन् ।
सोमबार राति परेको चट्याङका कारण लची डाँडामा राखिएको नेपाल टेलिकमको टावरमा समस्या देखिएपछि सेवा अवरुद्ध भएको दूरसञ्चार कार्यालय खाँदबारीका प्रमुख प्रेमकुमार राईले जानकारी दिए । उनका अनुसार चट्याङ परेपछि जेनेरेटरको चार्ज डाउन भएसँगै टावरमा समस्या देखिएको हो ।
प्रमुख राईले उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएकाले बेलाबेला टावरमा समस्या आउने गरेको बताए। अवरुद्ध सेवा सञ्चालन गर्न अझै केही दिन लाग्ने भन्दै धनकुटाबाट प्राविधिक टोली माग गरिएको उनले जानकारी दिए।
टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोला–२ का हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत दर्जनौँ गाउँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित हुनुपरेको गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए।
उनका अनुसार विद्युत् सेवा नपुगेका दुर्गम गाउँमा विटिएस टावर अझै पनि सोलार उर्जाको भरमा सञ्चालन हुने गरेको छ । विद्युत् विस्तार नहुँदा मोबाइल प्रयोग गर्ने स्थानीयले मौसमको भरमा सेवा पाउने गरेका छन् ।
















नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
वैशाख वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
प्रतिक्रिया