आइतबार, वैशाख २०, २०८३

पाकिस्तानी टी-२० टिमको घोषणा

मेरोन्यूज २०८० चैत २७ गते २१:१९

काठमाडौँ । पाकिस्तानले सन्यास तोडेका बायाँ हाते फास्ट बलर मोहम्मद आमिर र इमाद वासिमलाई टी-२० टिममा सामेल गरेको छ । 

Advertisement
NiccNicc

पाकिस्तानले घरेलु मैदानमा न्यूजील्याण्डविरुद्ध १८ अप्रिल देखि २७ अप्रिल सम्म खेल्ने ५ खेलको टी- २० सिरिजका लागि आमिर र वासिमलाई सामेल गर्दै टिमको घोषणा गरेको छ । 

पाकिस्तानको टिममा बाबर आजम (कप्तान), अब्रार अहमद, आजम खान, फखर जमान, इफ्तिखार अहमद, इमाद वासिम, मोहमद अब्बास अफ्रिदी,  मोहमद रिजवान,  मोहमद आमिर, मोहमद इरफान खान, नसीम शाह,  सैम आयुब, शदाब खान, शाहीन शाह अफ्रिदी, उसमा मिर, उसमान खान र जमान खान रहेका छन् ।   

पाकिस्तानको टिममा फर्किएका आमिरले केहि दिन अघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने आफ्नो निर्णय परिवर्तन गर्दै टी-२० टिममा छनोटका लागि आफु उपलब्ध हुने बताएका थिए ।

यस अघि स्पट फिक्सिङको आरोपमा सन् २०१० देखि २०१५ सम्म प्रतिबन्धको सामना गरेका आमिरले २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा गरेका थिए । उनले त्यसपछि विभिन्न फ्रेन्चाईजी लिग खेल्दै आएका छन् । 

त्यस्तै यस अघि इमाद वासिमले पनि केहिदिन अघि आफ्नो सन्यास तोडेर टी-२० टिममा उपलब्ध हुने बताएका थिए । उनले इस्लामाबाद युनाइटेडलाई यस सिजनको पीएसएल च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रतिक्रिया