सर्लाहीमा शुद्ध पिउने पानीका लागि ‘वाटर डिस्पेन्सर’ जडान

बरहथवा (सर्लाही) । निःशुल्क पिउने पानी सुविधाका लागि सर्लाहीको हरिवन बजार क्षेत्रमा ‘वाटर डिस्पेन्सर’ जडान गरिएको छ । आज हरिवन नगरपालिका–११, बजार क्षेत्र र वडा नं ९, नयाँरोड चोकमा आधुनिक ‘वाटर डिस्पेन्सर’ जडान गरिएको हो ।
उद्योग वाणिज्य सङ्घ हरिवनको पहलमा विभिन्न दाताको सहयोगमा पिउने पानीको मेसिन जडान गरिएको सङ्घका अध्यक्ष प्रयागराज पोतेले जानकारी दिए । ‘वाटर डिस्पेन्सर’ जडानपछि बजार आउने–जाने नागरिकले निःशुल्क स्वच्छ पानी पिउन पाउने उहाँको भनाइ छ ।
पोतेका अनुसार हाललाई हरिवन बजार क्षेत्रमा दुई थान र नयाँरोड चोकमा एक थान मेसिन जडान गरिएको हो । ‘वाटर डिस्पेन्सर’बाट चिसो–तातो पानी निकालेर जो कसैले सजिलै पिउन सक्ने उनको भनाइ छ ।
यस क्षेत्रका सार्वजनिक ट्युवेलहरु खडेरीका कारण सुक्ने भएकाले बोतलको पानी किनेर पिउनुपर्ने बाध्यता थियो । अब पानी पिउनुपर्दा पैसा नभएर काकाकुल हुनु नपर्ने सङ्घका सदस्य युवराज भण्डारीले बताए । उक्त वाटर डिस्पेन्सर खरिदका लागि देश तथा विदेशबाट सहयोग प्राप्त भएको उनले जानकारी दिए ।
तीन थान मेसिन रु एक लाख ३० हजारमा खरिद गरिएको थियो । तत्कालका लागि एक थान मेसिन सञ्चालनको जिम्मा हरिवनमा रहेको चण्डेश्वरी डिपार्टमेन्टल स्टोर्स र दुई थान प्रभु बैङ्क हरिवन शाखाले लिएको सङ्घका अध्यक्ष पोतेले जानकारी दिए । उनका अनुसार हरिवन खानेपानी र बृहत् खानेपानी बागमतीले निःशुल्क खानेपानी लाइन जडान गरिदिएका छन् ।
मेसिनको औपचारिक कार्यक्रमबीच आज उद्घाटन गरिएको छ । नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा मेसिनको उद्घाटन गरिएको हो ।
कार्यक्रममा नगरकी उपप्रमुख हरिमाया घलान, इलाका प्रशासन कार्यालयका प्रमुख राजकुमार थापा, वडाध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति थियो । सोही कार्यक्रमबीच सहयोगी दाताहरुलाई सम्मान समेत गरिएको थियो ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया