भारतबाट ल्याइएकाे १० करोड बढीको अवैध सामान बरामद

राँझा (बाँके) । बाँकेमा भन्सार छली गरी भारतबाट भित्र्याइएको रु दश करोड बढीको अवैध सामान सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि चैतको २७ गतेसम्म रु दश करोड दश लाख बराबरको भन्सार छली गरी भित्रिएका अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले जानकारी दिए । उनका अनुसार साउनमा रु एक करोड ४५ लाख, भदौमा रु एक करोड १९ लाख, असोजमा रु एक करोड छ लाख, कात्तिकमा रु एक करोड ४१ लाख, मङ्सिरमा रु एक करोड ३८ लाख, पुसमा रु एक करोड एक लाख, माघमा ९१ लाख, फागुनमा रु ९१ लाख र चैतको हालसम्म रु ७४ लाख बराबरको अवैध सामान बरामद भएको छ ।
अवैधरुपमा हुने चोरी निकासी कारोबारीमा कडाइ गरेपछि भन्सार राजस्वमासमेत वृद्धि भएको उनको भनाइ छ । नेपालगञ्जस्थित जमुनाह नाकासहित बाँकेमा सीमावर्ती ६५ किलोमिटर क्षेत्रमा मानिस सामानसहित ओहोरदोहोर गर्ने ३० नाका पहिचान भएका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक डाँगीले जानकारी दिए।
बाँकेमा सीमा सुरक्षाको लागि सशस्त्र प्रहरी बल नम्बर ३० बागेश्वरी गण अन्तर्गत १० वटा बोर्डर आउट पोष्ट (बीओपी) रहेका छन् ।
दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानुनी गतिविधि नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरीले सीमा पैदलगस्ती परिचालन भएको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले जानकारी दिए ।















कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
खोटाङका तीन स्थानीय तहमा आइतबार पनि पठनपाठन
विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया