राष्ट्रिय हित संरक्षणमा नेपाली सेनाको योगदान महत्वपूर्ण : प्रधानमन्त्री

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि सङ्कटको बेलामा राष्ट्रिय स्वार्थ र राष्ट्रिय हितहरूको संरक्षणमा नेपाली सेनाले महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।
आज नेपाल सैनिक प्रतिष्ठान खरिपाटीमा आयोजित स्नातक अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रममा उनले देशभित्र विपद् व्यवस्थापन, पर्यावरण संरक्षण, विकास निर्माणका कामदेखि सङ्कटका बेलामा राष्ट्रिय स्वार्थ र हितको संरक्षणमा नेपाली सेनाले महत्वपूर्ण योगदान पुर्याएको बताए।
विश्वमाझ शान्ति सैनिकको देशका रूपमा नेपाललाई परिचित गराउन नेपाली सेनाले ठूलो योगदान रहेको चर्चा गर्दै उनले भने, “विशिष्ट साङ्गठनिक क्षमताका आधारमा नेपाली शान्ति सैनिकले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्तिदूतका रूपमा खटिएर विश्वशान्ति स्थापनार्थ महत्वपूर्ण योगदान गरेका छन् ।”
विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा नेपाली सेनाले शान्तिदूतका रूपमा खटिएर विश्वशान्ति स्थापनार्थ पु¥याएको योगदानले नेपाललाई ‘शान्ति सैनिकको देश’ को रूपमा विश्वसामु परिचित गराएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले भने, “सन् २०२२ नोभेम्बर ३० बाट शान्ति सैनिक खटाउने राष्ट्रको सूचीमा नेपालले पहिलो स्थान हासिल गर्न सफल हुनुलाई शान्ति स्थापना कार्यमा थप महत्वपूर्ण कोशेढुङ्गाको रूपमा लिएका छौँ ।”
आफ्नो जिम्मेवारीलाई उत्कृष्ट र व्यावसायिक ढङ्गबाट पूरा गर्न सफल हुँदै बहुआयामिक, सबल तथा सक्षम सङ्गठनको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत स्थापित नेपाली सेनाको योगदानलाई सदैव स्मरण गर्नुपर्ने उनले बताए ।
नेपालका सामु बहुआयामिक द्वन्द्व, जलवायु परिवर्तनका असर तथा विभिन्न महामारी जस्ता जटिल सुरक्षा चुनौती र विपद्का जोखिम रहेको चर्चा गर्दै प्रधानमन्त्री दाहालले राष्ट्र र नागरिकको सुरक्षामा सम्भावित चुनौतीको पूर्वानुमान गर्न सक्ने तथा राष्ट्रिय चुनौतीको सही आकलन गरी सम्भावित खतराबाट देशलाई सुरक्षित राख्ने कार्यको नेतृत्व सेनाले गर्दै आएको बताए ।
सुरक्षा र विकास एकअर्काका परिपूरक भएको भन्दै उनले समुन्नतिको राष्ट्रिय अभिलाषा पूरा गर्न प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्ने अपरिहार्यतालाई नेपाली सेनाले पूरा गर्दै आएको बताए । प्रधानमन्त्री प्रचण्डले भने, “बहुध्रुवमा विभक्त अन्तर्राष्ट्रिय परिवेशको प्रत्यक्ष वा अप्रत्यक्ष असर राष्ट्रिय सुरक्षामा समेत परिरहेको परिस्थितिमा नेपाली सेनाले राष्ट्रिय हित तथा स्वार्थहरूको संरक्षण र सम्वद्र्धन गर्न समयसापेक्ष सुरक्षा नीतिका आधारमा अर्थपूर्ण परिणाम हासिल गर्न सक्ने विश्वास लिएको छु ।”
उनले अहिले विक्षार्थीको सङ्ख्या बढ्दै गए पनि तालिम इलाका सीमित रहेकाले पनौतीमा यसको उपकेन्द्र निर्माण गर्ने सङ्गठनको प्रस्तावमा सरकारले आवश्यक सहयोग गर्ने बताए । सङ्गठनको अधिकृतको रूपमा आयुक्त भई राष्ट्र र राष्ट्रवासीको सेवामा तल्लीन रहन नवआयुक्त अधिकृतलाई सदासर्वदा ऊर्जा र हौसला प्राप्त होस् भन्दै उनले शुभकामना व्यक्त गरे।
अधिकृत क्याडेट तालिममा सर्वोत्कृष्ठ हुने सिस ६१ का दीपेन्द्र कडायत, महिलातर्फ दीपा घिमिरे, उत्कृष्ट हुनेहरु सिंस। ५१ का विवेक अधिकारी र मिनिष खड्का, अन्तराष्ट्रियतर्फ बङ्गलादेशका सेपुर रहमान खानलाई प्रधानमन्त्री दाहालले पुरस्कार प्रदान गरे ।
अहिलेसम्म २४ जना विदेशीले अधिकृत क्याडेट तालिम लिइसकेकोमा बङ्गलादेश, माल्दिभ्स र जाम्भियाका एक एक जनाले तालिम पूरा गरेका छन् । कार्यक्रममा नेपाली सेनाले कवाज प्रदर्शन गर्नुका साथै युद्धकला प्रदर्शन गरेका थिए ।
कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेती, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा विभिन्न निकायका विशिष्ट व्यक्तिको सहभागिता रहेको थियो ।

















नासा नेपालद्वारा चितवनमा ईभीसम्बन्धी एक दिने ओरिन्टेसन कार्यक्रम सञ्चालन
फेवाताल जग्गा प्रकरणमा कानुनी उपचार खोज्ने गृहमन्त्रीको स्पष्टीकरण
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गते बस्ने
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया