सोमबार, फागुन ४, २०८२

मुस्लिम आयोगद्वारा इद पर्वको शुभकामना

मेरोन्यूज २०८० चैत २९ गते ८:१६

काठमाडौँ । मुस्लिम आयोगले इद (इदुल फित्र) पर्वले राष्ट्रिय एकता, अखण्डता, आपसी मित्रता, सामाजिक र सांस्कृतिक तथा धार्मिक सहिष्णुता थप सुदृढ बनाउने विश्वास लिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले इद पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै यस पर्वले राष्ट्र निर्माण तथा विकासको गति तीव्ररुपमा अघि बढोस् र समृद्ध नेपाल सुखी नेपालीको परिकम्पना साकार होस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।

“पवित्र रमजान महिनामा एक महिनासम्म दिनभरिको भोक तिर्खा बिर्सेर, रिस–राग र स्वार्थ त्यागेर सबै ज्ञानेन्द्रीयलाई कुकर्मबाट टाढा राखी कठोर अभ्यास पूरा गरी भोलिपल्ट इदको खुशियाली साटासाट गर्दै मनाउने यस पावन अससरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीमा इदको शुभकामना व्यक्त गर्दछौँ”, शुभकामना सन्देशमा भनिएको छ ।

इद संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड हो । इस्लाम धर्मावलम्बीको १४४५ हिजारीको रमजान महिनाको ३० दिने सौम (व्रत, उपसना) पूरा भएको भोलिपल्ट खुशियाली साटासाट गर्दै मुस्लिम समुदायले मनाउने चाड भएको आयोगले उल्लेख गरेको छ ।

प्रतिक्रिया