मुस्लिम आयोगद्वारा इद पर्वको शुभकामना

काठमाडौँ । मुस्लिम आयोगले इद (इदुल फित्र) पर्वले राष्ट्रिय एकता, अखण्डता, आपसी मित्रता, सामाजिक र सांस्कृतिक तथा धार्मिक सहिष्णुता थप सुदृढ बनाउने विश्वास लिएको छ ।
आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले इद पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै यस पर्वले राष्ट्र निर्माण तथा विकासको गति तीव्ररुपमा अघि बढोस् र समृद्ध नेपाल सुखी नेपालीको परिकम्पना साकार होस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।
“पवित्र रमजान महिनामा एक महिनासम्म दिनभरिको भोक तिर्खा बिर्सेर, रिस–राग र स्वार्थ त्यागेर सबै ज्ञानेन्द्रीयलाई कुकर्मबाट टाढा राखी कठोर अभ्यास पूरा गरी भोलिपल्ट इदको खुशियाली साटासाट गर्दै मनाउने यस पावन अससरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीमा इदको शुभकामना व्यक्त गर्दछौँ”, शुभकामना सन्देशमा भनिएको छ ।
इद संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड हो । इस्लाम धर्मावलम्बीको १४४५ हिजारीको रमजान महिनाको ३० दिने सौम (व्रत, उपसना) पूरा भएको भोलिपल्ट खुशियाली साटासाट गर्दै मुस्लिम समुदायले मनाउने चाड भएको आयोगले उल्लेख गरेको छ ।
















हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया