मकवानपुरमा धुलो दूधको परीक्षण उत्पादन सुरु

मकवानपुर । बागमती प्रदेश दुग्ध विकास बोर्ड हेटौँडाले केही दिनअघिदेखि धुलो दूधको परीक्षण उत्पादन सुरु गरेको छ ।
बागमती प्रदेश सरकारकोे रू ५० करोड ५८ लाखको लागतमा हेटौँडा उपमहानगरपालिका–१० सिसौघारीस्थित दूधको प्लान्ट र भवनको हालै निर्माण सम्पन्न गरिएको बागमती प्रदेश कृषि विकास तथा पशुपक्षी मन्त्रालय हेटौँडाले जनाएको छ ।
प्रदेश दूध विकास बोर्डले नियमित दूध प्लान्ट सञ्चालन गरिरहेको अवस्थामा मकवानपुर र चितवनका किसानहरूबाट दैनिक ६० हजार लिटर दूध सङ्कलन गरी धुलो दूध उत्पादन गर्ने लक्ष्यसहित उद्योग स्थापना गरिएको बोर्डका प्रवक्ता डा मन्दीप पोखरेलले बताए । उनका अनुसार अहिले दैनिक २५ देखि ३० हजार लिटर दूध सङ्कलन गरी धुलो दूध र बटरको उत्पादन गर्ने गरिएको छ ।
दूध प्लान्टलाई केही हप्ताभित्रै नियमित सञ्चालनमा ल्याउने अधिकार बोर्डलाई प्रत्यायोजित भएपछि मात्र उक्त प्लान्टबाट उत्पादन गरिएका धुलो दूध र बटर विदेश तथा स्वदेशका विभिन्न सहरमा आपूर्ति गरिने प्रवक्ता डा पोखरेलले जानकारी दिए । उनका अनुसार योसँगै बोर्डले दैनिक करिब छ सय मेट्रि«क टन धुलो दूध र बटर उत्पादन गर्ने लक्ष्य राखेको छ ।
बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर प्रदेश दुग्ध विकास बोर्डलाई थप अधिकार प्रत्यायोजित नगरेसम्म बोर्डले थप निर्णय र दूध प्लान्टलाई नियमित सञ्चालन गर्न नसक्ने उनको भनाइ छ ।
साथै अहिले उत्पादित धुलो दूध र बटरलाई बजारको व्यवस्थापन गर्नसमेत कठिनाइ उत्पन्न भइरहेको बोर्डका कार्यकारी निर्देशक प्रतिज्ञा ज्ञवालीले बताए। उनले अब केही हप्ताभित्रै नियमित धुलो दूध उत्पादन गर्ने कार्यतालिका बनाई उत्पादित दूध र बटर काठमाडौं, भरतपुर, पोखरा, भैरहवा तथा विराटनगरलगायत विभिन्न सहरमा आपूर्ति गर्ने तयारी गरिएको जानकारी दिए ।
हेटौँडामा सञ्चालित दूध प्लान्ट नियमित सञ्चालन हुँदा प्रशासन, लेखा प्राविधिक, मजदुर गरी ६० जनाले प्रत्यक्ष रोजगारीको अवसर प्राप्त गर्ने बोर्ड कार्यालयले जनाएको छ ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया