छात्राबास जीर्ण हुँदा विद्यार्थी जोखिममा

तुलसीपुर (दाङ)। तुलसीपुर उपमहानगरपालिका–१८ स्थित नेपाल संस्कृत विश्वविद्यालय जनता विद्यापीठको छात्राबासको भवन जीर्ण भएको छ । पुराना भवनबम साथै भवनभित्र रहेका सुत्ने खाट पनि पुराना हुँदा विद्यार्थी जोखिम मोलेर बस्नुपर्ने अवस्था रहेको विद्यार्थी उद्यम पोख्रेलले बताए ।
“हावाहुरी लाग्दा भित्रै धुलो पस्ने अवस्था छ । यहाँ बस्ने विद्यार्थी पनि डराइडराई बस्नुपर्ने अवस्था छ”, उनले भने, “भवन पुरानो छ, भत्किन्छ कि भन्ने डरले बस्नुपर्छ ।” भवनको वरिपरि घाँस उम्रिएका छन् । भित्तामा पानी चुहिएको जस्तो देखिन्छ ।
विसं २०४९ मा उक्त छात्राबासको भवन निर्माण भएको थियो । तीस वर्ष पुगिसकेको उक्त भवनका हरेक संरचना कमजोर बन्दै गएका छन् । आफूहरू बस्दा भवन राम्रै भए पनि अहिले आएर निकै जीर्ण भएको पूर्वविद्यार्थी भीमलाल मरासिनीले बताए।
“म सात वर्ष यही भवनमा बसेँ । विसं २०५५ देखि २०६२ सालसम्म छात्राबासमै बसेर उत्तर मध्यमादेखि आचार्यसम्म अध्ययन गरेँ”, उनले भने, “यो बीचमा भवन पनि राम्रै थियो । अहिले आएर हेर्दा भत्किएलान् भन्ने डर, वरिपरि उम्रिएका घाँसले सर्पको डर, धेरै समस्या रहेछ ।” छात्राबासमा अहिले आठजना विद्यार्थी बसिरहेका छन् ।
उक्त छात्राबास जीर्ण भएपछि नयाँ भवन निर्माणको प्रक्रिया अघि बढाइएको विद्यापीठका प्राचार्य योगराज शर्माले बताए। भारतीय दूतावासमा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेर पठाइएको भन्दै आगामी आर्थिक वर्षमा बजेट आउने आश्वासन पाएको उनको भनाइ छ ।
विद्यार्थीहरू जीर्ण भवनमा रात कटाउन बाध्य हुँदा शिक्षकहरूको भने नयाँ भवन निर्माण भइसकेको छ । करिब रू एक करोडको लागतमा दुई वर्षअघि निर्माण भएको विजौरीस्थित भवनमा बाहिरबाट आएका शिक्षक बस्ने गरेका छन् । “सहसचिव, उपसचिवस्तरका शिक्षक बाहिरबाट आएका छन् ।
उनीहरूलाई गाउँमा कोठा खोज्न पनि समस्या, भनेको बेला नपाइने अवस्था थियो”, प्राचार्य शर्माले भने, “त्यसैले शिक्षकका लागि प्राथमिकता दिएर भवन बनाइएको हो ।” विगत केही समय छात्राबासमा बस्ने विद्यार्थी पनि नभएकाले केही समय छात्राबास खाली थियो ।















म्याग्दीको रणवाङ–दरवाङ खण्डको सडक अलपत्र
लमजुङमा वृद्ध मृतावस्थामा फेला
माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण
Police seized illegally traded goods in Rupandehi
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
प्रतिक्रिया