सान्नी त्रिवेणी गाउँपालिकाद्वारा आयोडिनयुक्त नुन वितरण

मान्म (कालीकोट) । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाले गाउँमै आयोडिनयुक्त नुन वितरण सुरु गरेको छ । आयोडिनयुक्त नुन लिन सदरमुकाम जानुपर्ने बाध्यता हटाउन गाउँपालिकाले नुन खरिद गरी नौवटै वडामार्फत नुन वितरण सुरु गरेको हो ।
सान्नी त्रिवेणीले नौवटै वडाका नागरिकका लागि पहिलो चरणमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग एक सय ७५ क्विन्टल नुन खरिद गरेर वितरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले बताए । “हामीले प्रत्येक वडामा नुन ढुवानी भइसकेको छ”, उनले भने, “एक किलो नुन लिनका लागि सदरमुकाम मान्म धाउनुपर्ने बाध्यता हटेको छ ।”
आयोडिनयुक्त नुन गाउँमै उपलब्ध गराउने उद्देश्यले प्रत्येक वडामा नुन ढुवानी गरिएको र तत्काल नै वितरण थालिने गाउँपालिका अध्यक्ष केसीले बताए । “वडाबाटै नुन वितरणको व्यवस्था मिलाएका छौँ”, उनले भने, “सबै वडामा नुन वितरणको काम भइरहेको छ ।”
सान्नी त्रिवेणी गाउँपालिका वडा नं २ ले वडाबाट नुन वितरण थालेको वडाध्यक्ष वसन्त बुढाले जानकारी दिए । “एक घरधुरीलाई छ किलोका दरले नुन वितरण थालिएको छ, एक केजी नुन गाउँमा रु नौका दरले दिने गरेका छौँ”, उनले भने ।
पहिलो चरणको नुन वितरण गरेर सकिएपछि दोस्रो चरणमा गाउँपालिकाले नुन खरिद गरेर वडामार्फत नुन वितरणको काम निरन्तरता दिने गाउँपालिका अध्यक्ष केसीले जानकारी दिए ।










पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता
मुस्ताङकाे सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती
प्रधानमन्त्री बन्ने चाहना छ, गोरुजस्तै जोतिएर देशको सेवा गर्नेछु – विप्लव
भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया