सिँचाइका लागि कोठीखोलामा तटबन्ध निर्माण

बरहथवा (सर्लाही) । सर्लाहीको हरिवन नगरपालिकास्थित चुरे क्षेत्रका किसानलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित ‘रन अफ हार्वेष्टिङ ड्याम’ (तटबन्ध) निर्माण सुरु भएको छ ।
हरिवन नगरपालिका–१ भएर बग्ने कोठीखोलामा तटबन्ध निर्माण सुरु गरिएको हो । चुरेका किसानको खेतखेतमा पानी पुर्याउने लक्ष्यसहित तटबन्ध निर्माण सुरु गरेको कोठीखोला चुरे संरक्षण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर बम्जनले जानकारी दिए । तटबन्ध निर्माणपश्चात् यस क्षेत्रको छ सय बिघा बढी खेतमा सिँचाइ सुविधा पुग्ने उनले बताए ।
तटबन्ध बनेपछि हरिवन नगरपालिका–१ अन्तर्गत कोठीखोलामा सुक्खा क्षेत्रमा बाह्रैमास पानी पुग्नेछ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाइअन्तर्गतको बजेटबाट तटबन्ध निर्माण थालिएको हो ।
तटबन्ध निर्माणका लागि उपभोक्ता समितिको रु तीन लाख ९३ हजार ६१७ श्रमदान र कार्यालयको रु ३४ लाख ५६ हजार गरी कुल रु ३८ लाख ४९ हजार ६१७ खर्च हुने अनुमान छ ।
खोलामा ४५ मिटर लामो आरसिसी हार्वेष्टिङ ड्याम र ३० मिटर लामो अर्देन ड्यामको संरचना निर्माण गरिने उपभोक्ता समिति अध्यक्ष बम्जनले जानकारी दिए । योजना सम्झौताअनुसार कोठीखोला चुरे संरक्षण उपभोक्ता समितिले २०८१ असार ६ गतेभित्र काम सम्पन्न गर्नुपर्नेछ ।
















पहुँचका भरमा कर्मचारीले लिएका गाडी धमाधम फिर्ता लिँदै सरकार
बागलुङमा पालिकाबाटै स्थायी लेखा नम्बर वितरण
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
काठमाडौँमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
संसद् राेकेर सरकारले ल्यायो दुई वटा अध्यादेश
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया