शुक्रबार, माघ ९, २०८२

नाउपा संसदीय दलका नेता घनश्याम चौधरी निलम्बित

मेरोन्यूज २०८० चैत ३० गते १३:१९

कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संसदीय दलको नेता घनश्याम चौधरीलाई निलम्बन गरेको छ ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानकारी दिएकी हुन् ।

पटकपटक बैठक बोलाउँदा नआएको र स्पष्टीकरण पनि चित्तबुझ्दो नभएको आरोपसहित घनश्यामलाई निलम्बन गरिएको पत्रमा उल्लेख छ ।

श्रेष्ठले यसअघि समानुपातिक सांसद इन्दिरा गिरीलाई पदबाट निष्कासन गरिसकेका छन् ।

प्रतिक्रिया