म्याग्दीका ७० भन्दा बढी सामुदायिक वनमा डढेलो

म्याग्दी । चैत महिना लागेयता म्याग्दीका ७० भन्दा बढी सामुदायिक वनमा लागेको डढेलोका कारण दुई हजारभन्दा बढी हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ भने जंगली जनावर जंगल छोडेर गाउँ पस्न थालेका छन्।
वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रुखबिरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जंगली पशुपक्षी र अन्य वन पैदावार नष्ट भएका छन्। म्याग्दीमा हावाहुरीको मौसम सुरु भएसँगै सदरमुकाम बेनी तथा विभिन्न स्थानमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन्। सामुदायिक वनमा १० हेक्टरदेखि एक सय ५० हेक्टर क्षेत्रफलमा आगलागीले क्षति पुगेको डिभिजन वन कार्यालयको तथ्यांकले देखाउँछ।
चार दिनअघि मात्र बेनी नगरपालिका– २ ज्यामरुककोटको बगरफाँट सामुदायिक वनको ६५ हेक्टर जंगल आगलागीबाट सखाप भयो। बुधबार मूलछहरी सामुदायिक वनमा लागेको आगोले करिब डेढ सय हेक्टर वन क्षेत्र नास हुनुको साथै जंगली जनावर वासस्थान छोडेर गाउँ पस्न थालेपछि गाउँले आतंकित भएका स्थानीयवासीले बताएका छन्।
सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा स्थानीय परिचालित भएका छन् । स्थानीय र सुरक्षाकर्मी दुई दिनसम्म खटिए पनि आगो निभाउन सकेनन् । आगलागीका कारण वनमा भएका बहुमूल्य जडीबुटी, जंगली जनावर र वन पैदावार नष्ट भएको स्थानीय भीमबहादुर रिजालले बताए ।
यसैगरी पश्चिम म्याग्दीको निस्कोट, उपल्लो बदरबाङ क्षेत्रका सामुदायिक वनमा आगलागी हुँदा करिब ८० हेक्टर जंगलमा क्षति पुगेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । भौगोलिक कठिनाइ र भिरालो वनमा आगो लागेकाले निभाउन कठिन हुने गरेको कार्यालयले जनाएको छ ।
सामान्यतया सुक्खा र गर्मी मौसममा डढेलो बढी लाग्ने गरे पनि म्याग्दीमा हरियो घाँसको लोभमा पाखो डाँडा तथा जंगलमा आगो लगाउने गरिएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले बताए। ‘यस वर्ष म्याग्दीमा आगलागीबाट धेरै क्षति भएको छ, मानवीय लापरबाहीले आगलागी हुने गरेको छ,’ अधिकारीले भने।
डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले विभिन्न शीर्षकमा रु। १० लाख बजेट विनियोजन गरेको छ । डढेलोको तथ्यांक गण्डकी प्रदेशको वन निर्देशनालयमा समेत पठाइएको उनको भनाइ छ । जिल्लाको अति दुर्गम क्षेत्रमा जथाभावी डढेलो लाग्दा भूगोलका कारण स्थानीयसहित अन्य जनशक्तिसमेत पुग्न नसक्ने भन्दै उनले हरियो घाँसको लोभमा जथाभावी डढेलो लगाउने कार्यलाई निरुत्साहित गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए।















लमजुङमा वृद्ध मृतावस्थामा फेला
माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण
Police seized illegally traded goods in Rupandehi
Fire destroys 330 hectares of forest in Jumla
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया