आइपिएलमा लखनउमाथि दिल्लीको शानदार जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।
शुक्रबार राति सम्पन्न खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको हो ।
लखनउले दिएको १६८ रनको लक्ष्य पछाएको दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।
दिल्लीको जितमा जाक फ्रासर म्याकग्रुकले सर्बाधिक ५५ रन बनाएका थिए भने कप्तान ऋषव पन्तले ४१ तथा पृथ्वी शाले ३२ रन बनाएका थिए । त्यस्तै लखनउका बलर रवि विश्नोईले २ विकेट लिएका थिए ।
यसअघि पहिला ब्याटिंग गरेको लखनउले आयुष बदानीको ५५ र कप्तान केएल राहुलको ३९ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाउदै १६७ रन बनाएको थियो ।
त्यस्तै दिल्लीका बलर कुलदीप यादवले ३, खलिल अहमदले २, इशान्त शर्मा र मुकेश कुमारले एक एक विकेट लिएका थिए ।
यो दिल्लीको यस सिजनमा दोस्रो जित हो । ६ खेलमा २ जित र ४ हार बेहोरेको छ । त्यस्तै लखनउले ५ खेलमा ३ जित र २ हार बेहोरेको छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया