कप्तान रोहितले टी-२० मा पुर्याए १ हजार रन
मेरोन्यूज
२०८१ वैशाख १ गते ८:३७

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले टी-२० क्रिकेटमा एक हजार रन पुरा गरेका छन् ।
रोहितले एसीसी प्रिमियर कप अन्तर्गत मलेसियाविरुद्धको खेलमा २८ रन बनाएका थिए । उनले यस खेलमा ५ रन बनाएसँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि एक हजार रन पुरा गरेका हुन् । रोहितले ४४ खेलका ४२ इनिंगमा आफ्नो एक हजार रन पुरा गरेका छन् । टी-२० मा उनको उच्च रन ६१ रहेको छ ।
उनी नेपालबाट टी-२० मा एक हजार रन बनाउने तेस्रो खेलाडी बनेका छन् । नेपालका लागि टी- २० अन्तर्राष्ट्रिय खेलमा सर्बाधिक रन बनाउने खेलाडी दिपेन्द्र सिंह ऐरी हुन् । ऐरीले अहिलेसम्म १४९६ रन बनाएका छन् । उनी पछि कुशल भुर्तेलले १०३७ रन बनाएका छन् ।
सम्बन्धित














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया